सिसिआरसी र लिभरपुलको जित

काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र लिभरपुल कलेजले एनसेल यु–१८ अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।

सिसिआरसीले नासा इन्टरनेसनल कलेजलाई ७९–४९ ले पराजित ग¥यो । विजयी टिमका लागि अनिष मगरले २० अंक योगदान गरे । आशिष बस्नेतको १९ अंक सहयोगमा लिभरपुलले साइपाल एकेडेमीलाई ५२–३३ ले हरायो ।

अर्को खेलमा टाइम्सले आइडियल मोडेल कलेजलाई ६३–५६ ले पन्छायो । टाइम्सका पासाङ शेर्पाले १७ अंक जोडे । (सौस)

प्रतिक्रिया