काठमाडौ । आयोजक वल्सन एकेडेमीले पन्ध्रौं वल्सन हुप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हासिल गरेको छ । जुनियर ब्वाईजको खेलमा वल्सन एले हिमालयनलाई २७–७ ले हराउँदै पहिलो जित प्राप्त ग¥योे । विजयी टिमका दिलिप स्यान्डाले १३ स्कोर गरे । जुनियर ब्वाईजको अन्य खेलमा ज्ञान निकेतनले हिमालयनलाई ३०–८, नेरिकले संस्कृतिलाई ३१–१५, रुपिजले वल्सन बिलाई ३२–१२ र ग्रीनफिल्डले हटल्याण्डलाई ३१–१८ को स्कोरमा आ–आफ्ना प्रतिद्वन्द्वलाई हराए ।
बाफलस्थित वल्सन एकेडेमीको कोर्टमा भएको सिनियर ब्वाईजको खेलमा हिमालयनले ज्ञाननिकेतनलाई ३५–१९ ले हरायो भने हिम्सले रिब्सलाई ३४–१६ ले रोक्यो । त्यस्तै सैनिक स्कुलले किष्कलाई ४२–२५ ले निराश पार्दा साउथ पईन्टले युनिभर्सललाई ६७–१० ले स्तब्ध बनायो । सिनियर गल्र्सको खेलमा टिआईए र एचएचसीए विजयी भए ।
टिआईएले ब्रिटिस स्कुललाई १८–८ ले हराउँदा एचएचसीएले न्यू भिजन एकेडेमीलाई २४–२२ को झिनो अन्तरमा हराएको आयोजकले जनाएको छ । (सौस)
प्रतिक्रिया