काठमाडौं । फोरेनर्स हङकङ तेक्वान्दो एसोसिएसनका अध्यक्ष होमर्सद गुरुङलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) ले शुक्रबार सम्मान गरेको छ । एनटिएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले गुरुङलाई सम्मानपत्र प्रदान गरे । सो अवसरमा गुरुङले एनटिएद्वारा निर्माणाधिन तेक्वान्दो एकेडेमीका लागि १० हजार आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
त्यस्तै हाल थलीमा आश्रय लिइरहेका सिन्धुपाल्चोकका विभिन्न स्थानका ४ सय ८० भूकम्पपीडित मध्ये एनटिएले निःशुल्क तेक्वान्दो प्रशिक्षण गराइरहेको ४० बालबालिकालाई तेक्वान्दो पोसाक खरिद गर्न २५ हजार आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष खड्काले जनाएका छन् । (सौस)
प्रतिक्रिया