काठमाडौं । बौद्ध चेस क्लबको आयोजनामा बौद्ध फूलवारीस्थित लिमी रेस्टुराँमा दोस्रो एक दिवसीय मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता सम्पन्न भयो ।
सानोम रुम्बाको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा खेलमा सहभागी २० जनामध्येबाट प्रथम, द्वितीय र तृतीय एवं सान्त्वना पुरस्कारसहित प्रमाणपत्र वितरण गरियो । पुरस्कृतहरूलाई प्रमुखअतिथि छेतेन ग्युर्मे श्रेष्ठ मंगोलियन राजदूत र बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाबाट पुरस्कार वितरण गरिएको थियो । (सौस)
प्रतिक्रिया