वैशाख १२ मा गएको महाभूकम्पमा धेरैले ज्यान गुमाए, कैयौँ अंगभंग भए, कतिले आफन्त गुमाए, कैयौँको गाँस, बास र कपास सबै स्वाहा भयो । त्यतिमात्र होइन यो विनाशकारी भूकम्पका कारण कतिको मानसिक सन्तुलतन गुम्न पुग्यो । कयौँ संरचनाहरू ध्वस्त भए । कति त मृत्युको मुखमा पुगेर पनि फर्किए । यस्तै मृत्युको मुखमा पुगेर फर्किनेमा परेकी वविता सेढाईं पनि एक हुन् । उनी १२ वैशाखको महाभूकम्पमा धरहराले पुरेर पनि बाँच्न सफल एक पात्र हुन् । प्रस्तुत छ, उनले धरहराप्रति देखाएको सद्भाव उनकै भनाइमा जस्ताको तस्तै–
‘धन्य ! धराहरा तँलार्ई इनाम छ, धेरैको प्राणपखेरु लिइस् तर मलार्ई जीवन दिइस्, त्यसैले तँलार्ई लाखौँलाख सलाम छ ।’
म विनिता सेढार्इं मेरो अन्तरमनले यसो भनिरहँदा धेरैको मनमा एक प्रकारको तरंग पैदा हुँदो हो । धेरैले यस संसारबाट प्राणपखेरु त्याग गर्नेहरूलार्ई आँसुको दुई शब्दले भए पनि सान्त्वना दिन भ्याए । तर, म बाँचेर पनि सायद ती मृतात्महरूको नाममा केही दिन सकिरहेको छैन । त्यसैले शब्दाश्रु पोखेर सान्त्वना दिने कोशिस गर्दैछु ।
जन्मपछि मृत्यु अवश्यम्भावी छ भन्ने सबैले थाहा पाएरै पनि सास छउन्जेल सबैले आश गरिरहेकै हुन्छन् । त्यही आशको अन्तिम क्षणमा पुगेर सासको ढुकढुकीलार्ई धवाला दिँदै महाभूकम्प २०७२ मा धरहराबाट खस्दा पनि बाँच्न सफल एउटा प्रतिनिधिपात्र बन्न म सफल भएको छु । यसको निम्ति म सबैलार्ई धन्यवाद दिन चाहन्छु । ज–जसले मलार्ई उद्धारको कार्यमा सघाउ पु¥याउनु भयो, ज–जसले मलार्ई एम्बुलेन्समा हाली अस्पताल पु¥याउनुभयो, ज–जसले मलार्ई अस्पतालको बेडमा रहँदा बखत प्रत्यक्षपरोक्ष रूपमा सहयोग पु¥याई मृत्युका मुखबाट पनि छुतेर अचेत मेरो कायालार्ई बौराउन मद्दत गर्नुहुने सबैलार्ई म साधुवाद दिन चाहन्छु ।
संसारमा जति पनि प्राणी छन्, ती कोही पनि दीर्घजीवि चाहिँ हुँदैनन् तर धरहरा तँसँग भूकम्पको अथाह पीडा छ, त्यही धरहरा जोसँग छिया–छिया भएको मुटु अझै जीर्ण अवस्थामा छ, तर नियति यस्तो बन्दोरहेछ कैयौँ वर्षसम्म धेरैलार्ई काठमाडौं उपत्यकाको मनोरम दृश्यावलोकन प्रदान गर्न कति पनि झिझो नमानेको धरहरा । कैयौँ इतिहासको कालखण्डहरूमा साक्षी बक्दै आएको धरहरा वैशाख १२ को अकल्पनीय महाभूकम्पका कारण सैयाँैको ज्यान लिने चिहानको रूपमा परिणत भएको छ ।
धरहरा तँसँग मेरो कुनै दृस्मनी छैन । तैँले मप्रति लगाएको गुण मेरो जीवनकाल रहेसम्म मात्र होइन, मेरो मृत्युपर्यप्त पनि सारा राष्ट्रले पुकारि नै रहनेछ । दैवको खटन भन्नुपर्छ, यसलार्ई त्यसबखत मलगायत सयौँ तँसँग प्रतिनिधि पात्रको रूपमा जोडिरहेका थियौँ । अब इतिहासले न तँलार्ई बिर्सने छ न मलार्ई । तर मलार्ई भने सँगैका सहयात्री साथीहरू गुमाउँदाको पीडाले कहिलेकाहीँ कताकता नजानिँदो रूपमा कुुटु–कुटु मन चिड्याइरहन्छ । मेरा साथीहरू मरेर बाँच्न बाध्य छन्, मैले बाँचेर पनि उनीहरूको कुरा र उनीहरूका आर्तनार्दहरूलार्ई व्यक्त गर्ने सामथ्र्य जुटाउन सकेकी छुइनँ ।
धराहरा तैँले धेरैलार्ई चीरशान्ति दिइस् तर मलार्ई भने पुनजन्र्म नै दिइस् । यसकारण तैँले लगाएको गुणप्रति म सदैव ऋषि नै छु । तर, कैयौँ बाआमाको बुढेसकालको साहरा ढालिस्, कैयौँ भर्खरै फुल्न लागेका कोपिलाहरू कोपिलामै मारिस् । धेरै आश र अभिलाषा बोकेर उच्च शिखर चुम्ने आशामा राजधानी काठमाडौं छिरेका कैयौँ युवायुवतीको आशा निराशामा परिवर्तन गराई यहाँसम्म कि मृत्युको मुखमा पुग्न बाध्य गराइस् । तर, सबैले तेरो दोष देख्छन्, तर दोष हेर्ने र देख्ने जिम्मा लिएकाहरूले नै कानमा तेल हालेर बस्दाको परिणाम यस्तो भयो भनेर कसैले पनि आत्मालोचना गर्ने तर्खरमा चाहिँ नलाग्दा ज्यादै दुःख लागिरहेछ ।
मर्नेहरू मरिसके, लड्नेहरू लडिसके । ती लड्नेहरूको भीड र मर्नेहरूको हात समाउने ढल्ने प्रतिनिधिपात्रको रूपमा तैँले मलार्ई चयन गरिस् । यो नियतिकै खेल भन्नुपर्छ । त्यसैले मैले यी सबै मर्नेहरूको शान्ति र सद्गतिको निम्ति पनि यति दुई÷चार शब्द बोल्नैपर्छ ।
मुलुकमा शान्ति नछाएको दशकौं भइसकेको थियो । सबै जनता शान्तिका निम्ति सदैव कामना गरिरहेकै थिए । नयाँ वर्ष २०७२ ले सबैमा हर्ष र उमंग छाइरहेको थियो । वैशाख २ गते श्रद्धेय नेता केपी शर्मा ओलीले बढो रमाइलो र प्रचारात्मक ढंगबाट पनि तेरो यात्रा गरी पूरा काठमाडौंको अवलोन गर्न भ्याए । उनका पछाडि जानेर नजानेरै भए पनि धेरै नेता कार्यकर्ता पछि लागेर तेरो जीर्ण अवस्थाको भेउ खोजिरहेका थिए । तर, कसैले पत्तो पाउन सकेनन् । सारा मिडियाले प्राथमिकतासाथ नेता केपी शर्मा ओलीले धराहरा चढेको समाचार मेनस्टीममा प्रसारण गरे । तर, सरोकारवालाको भने यसतर्फ ध्यान जान सकेन ।
तेरो (धरहरा) नामसँग जोडिएर केपी शर्मा ओलीले कसैबाट सकारात्मक आलोचना पाए भने कसैबाट नकारात्मक वाक्पटुतासमेत खेप्नुपरेको थियो । तर, मुलुकमा शान्ति र अस्थिरता हुन नसक्दा नयाँ वर्षको उमंग र उत्साह त्यति जम्न सकेको थिएन । सबैको मन भाँचिएको बेला थियो त्यो, धरहरा पनि भाँचिन कतिबेर पनि लागेन । दुई हप्ता पनि बित्न नपाउँदै गल्र्याम्मै ढलेर सखाप भयो ।
सरकारले तेरो (धरहरा) नाममा संरक्षण सम्बद्र्धन गर्ने नाममा ठेकेदारलार्ई धरहरा सुम्पिदियो । ठेकेदारको काम कसरी हुन्छ, पैसा आर्जन गर्नेमै केन्द्रित थियो । उसले भरपुर रूपमा जसरी हुन्छ पैसाकै खेतीमा अभ्यस्त भइरह्यो । धरहरा तँ निर्दोष छस्, तर तेरो गला रेटिएको छ, कला मेटिएको छ तर पनि तँ अरूको सामु परेर बोल्ने हिम्मत गर्न सक्दैनस् । तसर्थ, तेरो निम्ति मैले यति बोल्ने जिजिविषा गरेँ । किनकि तैँले मलार्ई मात्रै बचाउने प्रयत्न गरिस् ।
म निर्दोष किशोरी हुँ । यौवनका कैयौँ फूलहरू फुल्न नपाउँदै फक्रेर समाज र राष्ट्रलार्ई सुभाषित पार्न नपाउँदै कैयौँ मजस्तै किशोरकिशोरीका आत्माले ब्रेक लिन पुगेका छन्, तर तैंले मलार्ई चाहिँ बचाइस् किन हँ ? एउटा अनौठो संयोग नै भन्नुपर्ला यसलार्ई, धरहरा तैँले मेरा निम्ति एक गुण, सय गुण होइन मेरो जीवनै दान दिएर करोडौँ करोड गुण लगाएको छस् । मैले गुणको बदला तँलार्ई केही दिन त सक्दिनँ नै मात्र दिन सक्छु आँसुले डुबेको शब्दाश्रु, कोलाहल र चिच्याहटपूर्ण त्यो परिभेषसँगै म बेहोस् बनेर मृत्युशैय्यामा पुगेको क्षणको मौन कथा शब्दचित्रमा इत्यादि ।
प्रस्तुति : मदनकृष्ण सिलवाल
प्रतिक्रिया