‘पार्टीले बिर्सियो, मैले मात्र कति सम्झने !’

तत्कालीन नेकपा माओवादीकीे पूर्वलडाकु हुन्, लालुमाया तामाङ । ०६१ सालमा २४ वर्षको उमेरमा माओवादी लडाकुमा भर्ती भएकी भइन् । लडाकुमा भर्ती भएको सात महिनाको तालिमपछि उनलाई बन्दुक बोकाएर लडाइँमा खटाइयो । अहिले पूर्वलडाकुलाई पार्टीले बिसदै गएको उनको गुनासो छ ।
लालुमाया भन्छिन्, ‘सम्बन्ध भनेको दोहोरो हुनु प¥यो नि ! त्यो पार्टीमा नदेखिएपछि विस्तारै मैले पनि पार्टीलाई बिर्सिन थालेको छु ।’
लालुमाया तामाङ सधैँ काममा व्यस्त हुन्छिन् । समान ल्याउने, खोप्ने र माला उन्ने उनको दैनिकी नै हो । उनी यो व्यवसायमा लागेको झन्डै डेढ वर्ष भयो । माला व्यवसायबाट अहिलेसम्म राम्रो आम्दानी भइरहेको उनी बताउँछिन् । काठमाडौंको बौद्धमा माला व्यवसाय गर्दै आएकी तामाङले बुद्धचित्त र रुद्राक्षको दाना खोप्ने, उन्नेलगायत काम गर्छिन् । ओखलढुंगा घर भई काठमाडौं बौद्धमा बस्दै आएकी तामाङको साथमा श्रिमान् र तीन वर्षकी छोरी छन् । उनले श्रीमान् र आफू मात्र होइन, अन्य दुईजनालाई पनि रोजगारी दिएकी छन् । माला व्यवसायबाट तामाङको परिवारको दैनिकी सहजै सञ्चालन भएको छ । यो व्यवसायबाट उनको परिवारले मासिक ४० हजार रुपैयाँ आम्दानी गर्ने गरेको तामाङ बताउँछिन् । उनले बौद्ध र स्वयम्भूबाट रुद्राक्ष र बुद्धचित्तको दाना ल्याउने गर्छिन् ।
पछिल्लो समय बुद्धचित्त र रुद्राक्ष माला व्यवसायमा महिलाको आकर्षण बढ्दै गएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा मालाको माग बढ्दै जान थालेपछि पूर्वलडाकु लालुमाया पनि यो व्यवसायमा लागेकी हुन् । उनलाई श्रीमान् बलबहादुर तामाङले साथ दिँदै आएका छन् । उनी माला व्यवसायमै आफ्नो भविष्य देख्छिन् । बिस्तारै आफ्नो व्यवसायलाई राम्रो बनाउँदै लैजाने उनको इच्छा छ ।
लालुमाया तामाङ तत्कालीन नेकपा माओवादीकीे पूर्वलडाकु हुन् । ०६१ सालमा उनी २४ वर्षकी हुँदा माओवादीमा भर्ती भएकी थिइन् । लडाकुमा भर्ती भएको सात महिनाको तालिमपछि उनलाई बन्दुक बोकाएर लडाइँमा खटाइयो । मकवानपुरको फापरबारी झुर्भmुरेदेखि सुरु भयो, लालुमायाको राज्यका सुरक्षाकर्मीसँगको भिडन्त । मकवानपुर हँुदै काभ्रेपलाञ्चोककोे पनौती, दारेगौँणा, भकुन्डेबेंसीे अनि सिन्धुपाल्चोकको थोकर्पालगायतका स्थानमा भएको नेपाली सेनासँगको भिडन्तमा लालुमायाको सक्रिय सहभागिता थियो ।
०६३ सालमा युद्धविराम भएपछि माओवादी लडाकुलाई शिविरमा राखियो । लालुमाया पनि चितवन जिल्लाको शक्तिखोर ब्यारेकमा बसेकी थिइन् । उनले झन्डै पाँच वर्षसम्मको शिविर बसाइँपछि ०६८ सालमा स्वैच्छिक अवकाश रोजिन् । अवकाश लिने माओवादी लडाकुका लागि नेपाल सरकारले प्रत्येकलाई पाँच÷पाँच लाख रुपैयाँको व्यवस्था गरेको थियो । सरकारले दिएको पाँच लाख रुपैयाँ लिएर लालुमाया आफ्नै गाउँ सिन्धुली फर्किइन् ।
गाउँ फर्केलगत्तै उनले ओखलढुंगा निवासी बलबहादुर तामाङसँग दाम्पत्य जीवन सुरु गरिन् । तर, हिजोआज विगत सम्झेर उनी खिन्न हुने गर्छिन् । उनी भन्छिन्, ‘हाम्रो काँधलाई भ¥याङ बनाएर नेताहरू पत्ताको सिंढी चढे र हामीलाई बिर्से ।’ हिजो जसको भनाइमा विश्वास गरेर ज्यानको बाजी थापेर लडाइँमा खटियो आज उनीहरूले चटक्कै बिर्सिएकोमा लालुमायाको मन भतभती पोल्छ ।
‘पाँच लाख रुपैयाँले के हुन्छ र ?’ उनी भन्छिन् । परिवर्तनका लागि रगत, पसिना बगाएकाहरूलाई पार्टीले हामीलाई सम्झन पनि छाडेकोमा उनको दुःखमनाउ रहेको छ । ‘हामीलाई बस्तुको रूपमा प्रयोग गरेका रहेछन्,’ उनी भन्छिन्, ‘त्यही लडाकुको त्याग र बलिदानले देशलाई यहाँसम्म पु¥यायो तर, उनीहरूलाई प्रयोगहीन बस्तु जसरी छोडियो ।’
उनी चाहन्छिन्, पूर्वलडाकूलाई कहिलेकाहीँ पार्टीले बोलाओस्, उनीहरूको हालखबर बुझोस् र जीविकोपार्जनका लागि कार्यक्रम ल्याओस् । उनी हिजोआज त नेताहरू पूर्वलडाकु भन्नासाथ झस्कन थालेको बताउँछिन् । ‘आजका ठूला भनिएका नेताहरूभन्दा हाम्रो योगदान के कम छ र ?’ उनीे प्रश्न गर्छिन् ।
नयाँ संविधान जारी हुने अन्तिम चरणमा पुगेको बेला उनी पूर्वलडाकुको विषयमा पनि संविधानमा उल्लेख गरिनुपर्ने माग गर्छिन् । उनी भन्छिन्, ‘हामीसँगै संघर्ष गरेर सभासद् बन्नेहरू पनि धेरैजना छन् । उनीहरूले पनि पूर्वलडाकुको विषयमा आवाज निकालेको सुनिएको छैन । अब त माओवादी पार्टी पूर्वलडाकुको साथ बिना चल्नसक्ने भएछ । त्यसैले हामीलाई नसम्झेका होलान् ।’
उनी थप्छिन्, ‘अहिले कसैलाई पनि हाम्रो वास्ता छैन त्यसैले सबै साथी आ–आफ्नै पेसामा लाग्न थालेका छन् । म त धेरै ठाउँमा युद्ध लडे पनि मेरो शरीरमा खासैै चोटपटक लागेन, त्यसैमा खुसी छु ।’ युद्धको क्रममा घाइते भएका साथीहरूको अवस्था हेर्ने हो भने निकै दर्दनाक रहेको उनी बताउँछिन् ।
‘सेना समायोजनपछि पाएको पाँच लाख रुपैयाँले के गर्नु ? ती घाइते पूर्वलडाकुहरूका लागि । त्यो पैसा पेसा व्यवसाय गर्नु कि आफ्नो स्वास्थ्यको उपचार,’ उनी भन्छिन्, ‘सम्बन्ध भनेको दोहोरो हुनु प¥यो नि ! त्यो पार्टीमा नदेखिएपछि विस्तारै मैले पनि पार्टीलाई बिर्सिन थालेको छु ।’

प्रतिक्रिया