उपचार गर्न एमाले नेता खनाल दिल्ली प्रस्थान

JN Khanalकाठमाडौं, १३ साउन । एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतका राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

नेता खनाल उपचार गर्ने भन्दै आज नयाँदिल्ली प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

पिसावसम्बन्धी समस्याबाट पीडित नेता खनाल यसअघि पनि नयाँदिल्लीमा उपचारका लागि गएका थिए ।

प्रतिक्रिया