मादलै साथी, मादले सहपाठी

madan-krishna-Silwal‘आज मादल बजेको किन ?

गाउँघर दुनियाँ ब्युँझाउन…’

जनकवि केशरी धर्मराज थापाले यो गीत गाइरह“दा कुनामा बसेर मादल घन्काइरहेका हुन्थे, न्हुछेबहादुर डंगोल । मादलको त्यही चोटिलो धुनले नै धर्मराज थापालार्ई थप ऊर्जा प्रदान गरिरहेको हुन्थ्यो । तिनै धर्मराज थापाका सहकर्मी अनि स्वरसम्राट नारायण गोपालका दौतरीसमेत हुन्, न्हुछेबहादुर डंगोल । उनले आफ्नो रामकहानी पंक्तिकारसित यसरी प्रस्तुत गरे ः
म सधैँ बिहान ४ बजे उठ्छु । हातमुख धोएर ‘मर्निङ वाक’ मा निस्कन्छु । म्हेपी मन्दिरमा रहेको पिपलबोटमा आधा घन्टासम्म ध्यान, योग, साधना गरी म त्यहाँबाट सिधा माथि रहेको म्हेपी मन्दिरमा गएर केही समयसम्म भजनकीर्तनमा व्यस्त हुन्छु । यसरी बिहानको समयमा भजनकीर्तन गर्दा मानिसले मात्र होइन वरिपरि रहेका पशुपक्षीको आत्मालार्ई समेत थप आनन्दित तुल्याउँछ भन्ने मलार्ई लाग्छ । त्यसपछि नजिकै रहेको (बौद्ध) विहारमा आउँछु । त्यहाँ १५ मिनेटजति भिक्षुहरूलार्ई मुठ्ठी दान दिएर सबै भगवान् बुद्धको ज्ञानलार्ई आफूले स्मरण गरेर त्यहाँ ध्यान गरिसकेपछि म सामाखुशीको क्लासमा आउँछु । त्यसपछि म पद्मकन्या क्याम्पसमा २ घन्टा जति क्लास लिन्छु । त्यसपछि नेपाल म्युजिक स्कुल, पिंगलास्थान, गौशालामा २ घन्टा जति क्लास लिन निस्कन्छु । त्यसपछि माइती नेपालमा आएर २ घन्टा संगीत सिकाएपछि म घर फर्कन्छु । बेला–बेलामा हरेक शनिबार बिदाको दिन मनमैजु, टोखाजस्ता ठाउँमा गएर निःशुल्क रूपमा गृहणी महिलाहरूलार्ई भजन, नृत्य र बाजाहरू सिकाउने गर्दछु ।
मैले धेरै राम्रा र दिग्गज नेपाली कलाकारसँग सहयात्रा गर्ने मौका पाएँ । तर, दुर्भाग्यवश भनौँ, मैले धेरै राम्रा साथीलार्ई छिट्टै गुमाउनुप¥यो । नारायण गोपालदेखि गोपाल योञ्जनसँग बिताएका ती पल मेरो मानसपटलमा अझै पनि ताजै छन् । उहाँहरूले गाउँदा मैले सँगै बसेर मादल बजाएको क्षण जीवनमा म कहिल्यै बिर्सन सकुँला र ! पुराना सहयात्रीमध्ये दीपक जंगमसँग भने अहिले पनि म सहकार्य गर्न पाइरहेकै छु । अतीतका मेरा सहयात्रीहरू जो भौतिक रूपमा यस संसारबाट टाढा भइसकेका भए पनि आत्मिक रूपमा मेरो नजिकै छन् । उनीहरू हुन्, सत्यनारायण राजभण्डारी, द्वारिकालाल जोशी, कोइली देवी, हरिप्रसाद रिमाल आदि ।
‘भैँसी लड्यो है दाजु, मखमली चोली चाइँदैन, ए ! कान्छा ठट्टैमा यो बैँस जान लाग्यो…’, जस्ता धेरै गीत मैले बजाएका गीत ‘हिट’ भएका छन्, आजसम्म पनि रेडियो नेपालमा बज्ने गर्दछन् । यी कालजयी गीतदेखि म अहिले पनि सन्तुष्टिको सास फेर्ने गर्दछु ।
गीतकार चाँदनी शाह पहिला पद्मकन्या क्याम्पसमा पढेको बेलामा उहाँले सितार बजाउनु हुन्थ्यो र म तबला बजाउँथे । त्यहीँबाट मेरो चिनजान भएको हो । तर, त्यसपछि उहाँ रानी भइसकेपछि पनि उहाँले मलार्ई बेला–बेलामा दरबारमा बोलाएर संगीत क्षेत्रलार्ई श्रद्धा प्रदान गर्ने गर्नुहुन्थ्यो । उहाँहरू सबै माथि गइसकेपछि म एकजना मात्रै यहाँ छु, त्यो क्षण अझै पनि स्मरणमा छ । जस्तै ः धर्मराज थापाले असनमा ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरी’ भनेर गीत गाउँदा मैले मादल बजाएको क्षण, चाँदनी शाहले सितार बजाउँदा मैले मादल, तबला बजाएको क्षण मेरो मानसपटलमा अझै पनि ताजा नै छ । एकपटक हामी दार्जिलिङमा सांगीतिक यात्रा निस्केको बखत मैले मादल बजाएको र त्यहाँकी एक केटीले सितार बजाउँदा–बजाउँदा स्टेजको सबै चिमहरू झर्रर गर्दै फुट्दाको क्षण मैले अझै बिर्सिएको छैन ।
मेरो बुबा न्हुछेमान डंगोल मादलकै गुरु हुनुहुन्थ्यो । घरायसी वातावरण भएकै कारण म वि.सं. ०७÷८ सालदेखि मादलमै रम्ने, मादलमै खेल्ने गर्दथेँ । सँगैका साथीहरू फुटबल, ब्याडमिन्टन खेल्न मन पराउँथे तर मेरो ध्यान भने मादलमै हुन्थ्यो । त्यतिबेला स्थानीय टोल ढोकेबहालमा म आफ्नै सुरुमा गीत गाउँदै मादल बजाउने गर्दथेँ । ७÷८ वर्षकै उमेरमा सानातिना संगीत पुरस्कार पाउँथे । यसरी मादल बजाएबापत् साथीहरूले पुरस्कारस्वरूप दिएको पैसाले मेरो स्कुलको खाजा खर्च टर्दथ्यो । मेरी आमाले म सानो छँदा नै मलार्ई टुहुरो पारी यस संसारबाट बिदा भएकी थिइन् । आमाको मृत्यु मेरो जीवनका निम्ति साह्रै अभिशाष बन्यो । केही समयपछि बुबाले घरमा कान्छी आमा भित्र्याउनुभयो, त्यहीँबाट मेरो जीवनमा दुःखका दिन सुरु भए ।
स्थानीय ढोकेबहाल टोलबाट मैले मादल यात्राको शुभारम्भ गरेको हुँ । मादल बजाउँदा–बजाउँदा मैले स्थानीयस्तरमा धेरै साथीभाइबाट वाह !! वाह !! र सम्मानस्वरूप पुरस्कार प्राप्त गरिसकेको थिएँ । मादल बजाउँदै गर्दा धर्मराज थापा, नारायण गोपालजस्ता दौतरी मैले भेट्टाएँ । उनीहरूसँगैको यात्राबाटै म रेडियो नेपाल, राष्ट्रिय नाचघरदेखि लिएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू जस्तैः एसओएस, बाल मन्दिरलगायत अनेकन नामसँग जोडिएर मेरो प्रचारप्रसार भयो । मैले झन्डै ३२ वटा देश घुमिसकेँ तर ३२ वटा देश घुमेको मध्यमा सबभन्दा बढी समय मैले जापान र इंल्यान्डमा बिताएको छु । जापान ६ महिना एकचोटि बसेँ, ३ महिना एकचोटि बसेँ, त्यहाँ आफ्नो संगीतलार्ई प्रदर्शन गरी मैले व्यावहारिक कामकाज घर बनाउने, गाडी चढ्ने यताउताको काम चलाएँ । विभिन्न देशविदेशमा एकचोटि गएर बजाउँदा मलार्ई घटीमा पनि एक लाख पैसा दिइन्छ । त्यही खर्चबाट मैले आफ्नो घरगृहस्थी चलाउने काम आजसम्म भइरहेको छ । त्यसकारण म सदैव भन्ने गर्छु, ‘धन्यवाद छ मेरो मादललार्ई र नेपाली लोक संगीतलाई ।’
इन्द्रजात्राको अवसरमा हुने स्थानीय टोलका दाइहरूसँग प्रथमपटक सांगीतिक कार्यक्रममा सहभागि भएको हुँ । इन्द्रजात्राको बेलामा हाम्रा टोलमा सातदिनसम्म सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने गरिन्थ्यो । हामीले इन्द्रजात्राको समयमा रथ जहाँ–जहाँ पुग्छ, त्यही टोलटोलमा गएर स्टेजमा गएर नेवारी संस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्ने गर्दथ्यौँ । मैले वि.सं. २०१३ सालमा महेन्द्रको राज्यभिषेकको बेलामा पहिलोपटक स्टेजमा पाइला टेकेको हुँ ।
हाम्रो नेवारी सभ्यतामा धिमे बाजा ज्यादै प्रचलित मानिन्छ । अरू बाद्यवादनभन्दा मलार्ई धिमे बजाउने सानै उमेरदेखि रहर लाग्थ्यो । त्यसकारणले होला मलार्ई मादल विशेष मनपरेको । त्यसै कारणले म मादलमै खेल्ने, मादलमै हुर्किएर आएँ । त्यसको अतिरिक्त म नृत्यमा पनि औधी रुचि राख्दथे । वि.सं. २०१३ सालमा राजा महेन्द्रको राज्यभिषेक समयमा राति १२ बजेतिर डान्स गर्न स्टेजमा गएको बखत म निद्राको झोकमा स्टेजबाट लडेछु । ७÷८ वर्षको केटो म स्टेजबाट खसेपछि मेरो ढाँडै भाँच्चियो । पछि महेन्द्र सरकारले आफ्नै लगानीमा रसिया लगेर उपचार गराएपछि म निको भएँ । निको त भयो तर डक्टरले मलार्ई नाच्नलार्ई मनाही गरे । त्यसबेला म पानीबिनाको माछोझैँ भएछु, त्यसपछि केही त संगीतमा लागेर गर्नैपर्‍यो भन्ठानेर म मादलप्रति समर्पित भएँ ।
सन् १९८१ मा जब म नेपाली लोक संगीत प्रदर्शन गर्न भनी लन्डन पुगेको थिएँ । सहदेव शमशेर बाबु सा’पको नेतृत्व टोलीमा लन्डनमा नेपाली नृत्य देखाउन भनेर हामी नेपालबाट गएका थियौँ । त्यो क्षणजस्तो खुसीयाली क्षण मेरो जीवनमा कहिल्यै आएन किनभने त्यसबखत महारानी एलिजावेथजस्तो व्यक्तिलार्ई हामीले बजाएको नेपाली संगीतको धुनले साह्रै प्रभावित पारेको कारण उहाँ स्टेजसम्म आएर मसँग हात मिलाउनुभयो, उहाँले मसँग गला मिलाएर खुसी हुँदै पुरस्कारस्वरूप २५ हजार पाउन्डसमेत दिनुभयो । त्यो क्षण म कहिल्यै भुल्न सकुँला र !
धेरै विदेशीहरू नेपाली लोकसंगीतबाट ज्यादै प्रभावित हुनुभएका छन् । जस्तै : कृष्टिना, मिका सुन्दरी यस्ता–यस्ता विदेशी विद्यार्थीहरू मकहाँ आएर संगीत सिकेर उनीहरूको जापानमा नाम चलेको छ । अझ त्यसमा नेपाली संगीत उनीहरूले गर्दाखेरी विदेशीहरूले नेपाली संगीतलार्ई साह्रै मन पराउँछन् । उनीहरूले मनपराएकै कारणले नै गर्दा अमेरिका, जापानदेखि नेपाली लोक संगीत सिक्न मेरो सामाखुसी घरसम्म उनीहरू आउने गर्दछन् ।
मेरो विस्तृत विवरण हेर्नको लागि नेपाल म्युजिक सेन्टरले केही समय अघि मात्र निर्माण गरेको ‘न्हुछे सर’ नामक वृत्तचित्र समेत हेर्न सबैलार्ई अनुरोध गर्दछु । उक्त वृत्तचित्रमा मेरो जीवनी र विवाह, व्रतबन्ध र सांगीतिक जीवनहरूका रोचक पाटोहरूलार्ई बढो कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।
मानिसलार्ई धर्ममा, आत्माको आनन्द ज्ञानको प्राप्तिको लागि देवतासँगको (देवत्व) तेजसँग मिल्न सक्ने शक्ति यो संगीतले प्रदान गर्दछ । त्यसैकारणले गर्दा नेपाली मानव जीवनमा संगीत सिक्ने मानिस अथवा संगीत भरिएको मानिसलार्ई पक्कै पनि परमात्मासँग लिंक गर्न सकिन्छ भन्ने म ठान्दछु ।
मेरो पिताको नाम न्हुछेमान डंगोल हो भने आमाको नाम सन्तुमाया डंगोल हो । नाताले बुबा भए पनि उहाँ मेरो सांगीतिक क्षेत्रका गुरु पनि हुनुहुन्छ । मेरो बुबाले तिमी मात्रै ठूलो कलाकार बन्ने हैन, भाइलार्ई पनि कलाकार बनाउ भन्नुभएकाले मैलै उदितनारायण झासँग तीन वर्षे कोर्स सोल्टी होटलमा मैले भाइलार्ई लिन लगाएको हुँ । ऊ अहिले अमेरिकामा मादल बजाएर जीविकोपार्जन गरिरहेको छ । मेरी श्रीमती सानुमाया डंगोल वीर अस्पतालमा कार्यरत थिइन्, म नर्सहरूलार्ई डान्स सिकाउन जाँदाखेरि लभ पर्‍यो । लभ परेपछि बिहे गरेँ । उहाँ लामो समयसम्म प्याथलोजीसियनको रूपमा काम गरी अहिले रिटार्यड हुनुहुन्छ । मेरो जेठी छोरी दीपा डंगोल हुन् भने कान्छी छोरी सुनी डंगोल । मेरो छोरा निश्चल डंगोल अस्टेलियाबाट एमबीए सिध्याएर उतै काम गर्दैछन् । मेरा बज्यै नानीमैया र बाजे चाहिँ जोगमान डंगोल । बीए सेकेन्ड एयरको कोषमा ‘डंगोल घराना’ भनेर कोर्स नै राखेको छ । सतिशचन्द रेग्मी (धु्रवेशचन्द्र रेग्मी) को बुबाले लेख्नुभएको हो । डंगोल घराना भनेको डंगोलको बाजालार्ई उत्पादन गरेर संगीतलार्ई संसारमा प्रचारप्रसार गर्नेलार्ई डंगोल घराना भन्दछन् । जस्तै : भारतमा बम्बै घराना छन्, हरेक घरानाहरू हुन्छन् ।
मादलको बोल पहाडमा बजाउने एकै रूपको छ भने त्यसलार्ई नयाँ ढंगबाट प्रस्तुत गरेर विद्यार्थीहरूलार्ई नयाँ किसिमका बोलहरू, नयाँ किसिमको संगीत दिनुपथ्र्याे । त्यसैलै गर्दा हामीले पुरानो मात्र भनेर बेवास्ता गर्नुभन्दा पनि यसमा नविनता भर्न सक्नुप¥यो । नेपालमा ५५ वटा बाजा छन्, त्यसमा विभिन्न लोकगीतहरू छन्, यी सबैलार्ई विस्तारै हामीले संगीत, गायन र नृत्यका माध्यमद्वारा विकास गर्नुपर्‍यो । संगीत क्षेत्रमा लागेका विद्यार्थीहरूलार्ई म अझ के भन्न चाहन्छु भने– पहिला–पहिला संगीत लेखेर (नोटेशन गरी) सिकाउनु हुन्न भन्ने भावना थियो । अब त्यो भावनालार्ई हटाएर नोटेशनको निर्माण गरी सिकाउनु/सिक्नुपर्छ ताकि विदेशमा गएर पनि विदेशीहरूलार्ई नोटेशनका माध्यमद्वारा नेपाली लोक संगीत सजिलै सिकाउन सकियोस् । त्यसैले सबैलार्ई म भन्छु कि अब हाम्रो नेपाली मौलिक संस्कृतिलार्ई नयाँ ढंगबाट प्रस्तुत गर्नुपर्‍यो ।
अहिले म ६५ वर्ष पुगिसकेको छु । मलार्ई श्रीमती र डाक्टरले समेत मादल बजाउन मनाही गरिसक्नुभएको छ । तैपनि नेपाल म्युजिक सेन्टरले मेरो वृत्तचित्रमा २२ वटा मादलका बारेमा वृत्तचित्रमा समावेश नभएका कारण मैले सम्पूर्ण अतिथिहरूका अगाडि एकपटक बजाउनु प¥यो भनेर बजाएको थिएँ, त्यसबेला पनि म फेन्ट भएँ, अब चाहिँ विद्यार्थीहरूलार्ई सिकाउनेबाहेक मैले आफ्नो मादल प्रस्तुती कतै गरेको छैन । बाजा बजाउँदाखेरी मैले चारचोटि जति रगत वान्ता गरिसकेँ । एकचोटि जापानमा रगत वान्ता गरेँ, एकचोटि फ्रान्समा । यो मेरो कमजोरी हो, मेरो शरीरलार्ई मैले ख्याल राख्दिनँ ।

प्रतिक्रिया