सुकुमाया तामाङ अहिले ५२ वर्ष पुगिन् तर उनको जीवनमा दुःख, कष्ट र पीडाले कहिल्यै साथ छोडेनन् । उनी जम्माजम्मी दुई वर्षकी थिइन्, जतिबेला दुःखहरू उनलार्ई आफ्नो साथी बनाउन आइपुगेका थिए । ती दुःखहरू अहिलेसम्म झनै थपिँदै गएका छन् । अब उनी के गर्ने भनेर सोच्नसम्म सकिरहेकी छैनन् ।
मन्दिरमा या सडकमा मागेर बस्नुभन्दा अरू कुनै विकल्प नभएको उनी रुँदै बताउँछिन् । उनका तीन छोरी र एक छोरा छन् । श्रीमान् पनि छन् तर जिन्दगीमा उनले आजसम्म खुसी र सुखको सास फेर्न नपाएको गुनासो गर्छिन् ।
दोलखा जिल्ला ठूलो पातल गाविसमा हो, सुकुमायाको घर । उनी जन्मेको ६ महिनामा बंबुको मृत्यु भयो र दुई वर्षकी हुँदा आमाले दोस्रो बिहे गरिन् । उनले जन्मदिने बुबाआमा साथमा नभए पनि आफन्तको साहारामा येनकेन जीवन बिताउन थालिन् । उनी १३ वर्षको उमेर पुगेपछि सोही गाविसका जीमबहादुर तामाङसँग उनको बिहे भयो । सानै उमेरमा उनको कोखबाट तीन छोरी र एक छोराको जन्म भयो । बिहे गरेको चार वर्षपछि श्रीमान्ले सुकुमाया र छोराछोरीलार्ई माया नगर्ने र हेरचाह पनि गर्न छोडे । तापनि सुकुमायाले मेलापात गर्दै चार सन्तान र आफू गरी पाँचजनाको परिवार पाल्दै आइन् । त्यसपछि छोरीको उपचारका लागि सुकुमाया २०६५ सालमा काठमाडौं आइन् । छोरीको उपचारपछि सुकुमायाले घर नफर्किने निधो गरिन् ।
पाँचजनाको परिवार रत्नपार्कको सडकमा नाङ्लोमा फलफूल बेचेको भरमा चारजना छोराछोरी पढाउनुका साथै जेनतेन दैनिकी चलिरहेकै थियो ।
दुई वर्षसम्म फुटपाथमा राखेको फलफूल व्यवसाय पनि नगरपालिकाले हटाएपछि सुकुमाया काठमाडौंमा ज्यामी काम गर्न बाध्य भइन् । घर निर्माण गर्ने विभिन्न ठाउँमा इँटा, सिमेन्ट र बंलुवा बोक्न थालिन् । काम गरेअनुसार दैनिक तीन सय २० देखि पाँच सय रुपैयाँसम्म ज्याला पाउँथिन् सुकुमायाले । हुँदाहुँदै सुकुमायाले विस्तारै मिस्त्री काम पनि गर्न थालिन् । घरमा कलर लगाउने, झ्याल ढोका बनाउने जस्ता काम गर्दा उनी दैनिक आठ सय रुपैयाँ ज्याला पाउँथिन् ।
बीस वर्षको उमेरमा श्रीमान्ले छोड्नु र पाँचजनाको परिवार काठमाडौंमा पाल्ने जिम्मा भएका कारण
सुकुमायाले ज्यामी र मिस्त्री काम पाँच वर्षसम्म गरेपछि शरीरले पनि काम गर्न सकेन । त्यसपछि सुकुमाया बंगुरपालन व्यवसाय गर्नका लागि काठमाडौं जिल्लाको गोकर्ण नगरपालिकामा आइन् । गोकर्णको माइती नेपाल नयाँ पार्टी भन्ने ठाउँमा ११ लाखमा अरूले किनेको बंगुर फर्ममा उनी पनि बस्न थालिन्, गत पुसदेखि । उनी बसेको फार्ममा ६९ वटा बंगुर थिए । बंगुर फार्म सञ्चालन गरेको झन्डै एक वर्ष हुन थाले पनि उनले आफ्नो फार्मबाट अहिलेसम्म नौवटा १००–१०० किलोको बंगुर बजारमा लान सफल भइन् । त्यसपछि चार महिनाको बीचमा ८७ वटा बंगुर सुकुमायाको फार्मबाट रोग लागेर मरे, जसले गर्दा २२ लाख रुपैयाँ घाटा लागेको सुकुमाया रुँदै बताउँछिन् । ‘अलि होला कि भनेर खाइनखाइ दुःख गरँ तर अहिले केही पनि छैन,’ सुकुमाया भन्छिन् । त्यतिमात्रै होइन, सुकुमायाको फार्ममा भएका अन्य सुँगुर पनि व्यापारीले नलैजाँदा झनै दैनिकी गुजार्न समस्या हुँदै गएको छ ।
चार छोराछोरीलार्ई ११ कक्षासम्म काठमाडौंमा रगत पसिना बगाएर पढाइन् तर अहिले कुनै पनि छोराछोरीले वास्ता नगर्दा सुकुमायाको जीवन नर्क जस्तै बन्न पुगेको छ । जन्म दिने बुबाआमाको मायाबाट सानैदेखि वञ्चित भएकी सुकुमाया श्रीमान्बाट पनि हेला पाएपछि छोराछोरीलार्ई साहारा सम्झेर सबै त्यागेर काठमाडौं आएकी हुन् । तर, अहिले त्यही छोराछोरीबंट पनि आमालार्ई आमाको जस्तो व्यवहार नपाउँदा भक्कानिँदै उनी भन्छिन्, ‘चोक्टा खाना गएकी बुढी झोलमा डुबेर मरी भन्ने जस्तै भा’को छु ।’ सुकुमायाले बंगुर फार्म दर्ता नगर्दा ८७ वटा बंगुर मर्दा सरकारबाट पाउने क्षतिपूर्ति पनि पाउन सकिनन्, अहिले ५२ वर्षको उमेरमा सुकुमायाको साथमा न श्रीमान् छन् न आफूले जन्म दिएका छोराछोरीले नै साथ दिएका छन् ।
जन्म दिएको दुई वर्षकै उमेरमा छोडेर हिँडेकी सुकुमायाकी आमाले काठमाडौंकै लेलेमा दोस्रो बिहे गरेको भन्ने कुरा थाहा पाएपछि २० वर्षपछि आमालार्ई भेट्दा सुकुमायालार्ई संसारै जिते जस्तो लाग्यो तर, आमाले ‘म चिन्दिनँ को हो’ भनेर सोधेपछि सुकुमायाको पीडा झन् बढ्दै गएको छ । सबै घरपरिवार र आफन्तबाट वञ्चित भएकी सुकुमायाको साथमा अहिले न नेपाली नागरिकता छ न त विवाह दर्ता प्रमाणपत्र नै । हिजो श्रीमान्लार्ई भगवान्सरह मानेर बसेका कारण यो कुनै कुराको आवश्यकता नभएका कारण उतिखेर नबनाएकाले अहिले उनी पछुताउँछिन् ।
उनी लामो सास फेर्दै भन्छिन्, ‘हिजो श्रीमान्बाट साथ नपाएपछि मेरा छोराछोरीको हालत मेरो जस्तो नहोस् भनेर छोराछोरीको भविष्य सम्झेर दोस्रो बिहे गर्ने सोच गरिनँ । धेरैले बिहे गर्ने प्रस्ताव गरे पनि वास्ता गरिनँ । अहिले छोराछोरीको व्यवहार देख्दा बिहे गरेको भए राम्रो हुने रै’छ जस्तो लाग्छ, तर के गर्नु ? समय फर्केर आउँदैन ।’
‘बंगुर बजारमा नजाँदा नजिकैको पसलमा चामल किनेको मात्रै १७ हजार ऋण लागेको छ । कसरी तिर्नु ? बंगुर पनि बजारमा जान सकेको छैन,’ उनी घरि–घरि रुँदै भन्छिन्, ‘यस्तालार्ई त काल पनि आउँदो रै’नछ । ज्योतिषलार्ई हात देखाउँदा झन् धेरै वर्षसम्म बाँच्छ भन्छन् । कसरी बाँच्नु ? के खाएर बाँच्नु ? जताबाट पनि समस्याभन्दा अरू केही आइपर्दैन । गरिबका लागि भगवान् पनि निर्दयी हुँदोरै’छ । अब सडक र मन्दिरमा भिख माग्नुको मेरो विकल्प छैन ।’
प्रतिक्रिया