जिन्दगी : एक रहर

Jayadev-Gautamरहर नै नभएको र कुनै रहर नपाल्ने मानिस संसारमा कोही होला कि ? केही रहर नबोक्ने, कस्तै रहर नसाच्ने, कत्ति पनि रहर नपाल्ने र कहिल्यै नरहराउने मानिस कोही होला कि ? यस्तो रुमानी कल्पनामा हठात् डुबुल्की मार्दा पनि मन पुलकित भएर आउ“छ अनि हृदय रोमाञ्चित भएर जाग्छ । किनभने, जम्माजम्मी तीन अक्षर मिलेर बनेको रहर शब्द उच्चारण गर्दा जति मीठो लाग्छ, सुन्दा उति नै प्यारो अनुभूत हुन्छ । यो आफैँमा सरल छ, सपाट छ, सुस्पष्ट छ । यसको सरलताभित्र शब्द गाम्भीर्य लुकेको छ, भाव गाम्भीर्य भरिएको छ, स्वर माधुर्य पनि छ र श्रुति माधुर्य पनि । यो सुन्दर छ, शान्त छ, रसिलो छ, भरिलो छ अनि चिटिक्क छ । आकारमा सानो भइकन पनि रहरले आफूभित्र अथाह सम्भावनाका मूलहरू समेटेको छ ।
तपाईं रहरलार्ई एक नामले होइन, अनेक नामले बोलाउन सक्नुहुन्छ । व्याकरण र भाषाशास्त्रीहरूको लबजमा जसलार्ई पर्यायवाची भन्न सकिन्छ अर्थात् इख, धोको, मन, तृष्णा, इच्छा, आकांक्षा, महत्वाकांक्षा, सपना, जपना आदि जे भन्नुहोस्, यी सबै रहरकै एक वा अर्को स्वरूप हुन् । आत्मा एउटै हो, आवरण पृथक हो । सार एउटै हो, रूप अलग हो । प्रकृति समान हो, मौसम फरक हो । वृक्ष एउटै हो, शाखा प्रशाखा पृथक प्रतीत भएका मात्र हुन् ।
मानिसमा अनेक रहर हुन्छन् । एकाध ज्ञानी महात्मा र महापुरुषको अपवाद छाडिदिउ“, अन्यथा सबै मानिसमा तीन आधारभूत रहर हुन्छन् । स्त्रीलार्ई पुरुष र पुरुषलार्ई स्त्रीको रूपमा योग्य र सुहाउँदो जीवनसाथीको रहर हुन्छ । जीवनसाथी मात्र भएर हुँदैन, उसलार्ई धनको रहर हुन्छ र त्यसस“गै हुन्छ सन्तानको रहर । यिनै तीन रहरस“गै जोडिएर आउ“छ यश र प्रतिष्ठा कमाउने रहर । त्यसो त पोको नै हो मानिस रहरहरूको । कसैलार्ई अकूत धन कमाउने रहर, कसैलार्ई नाम कमाउने रहर, कसैलार्ई ठूलो मान्छे बन्ने रहर, कसैलार्ई अरूलार्ई ठगी खाने रहर, कसैलार्ई गफ चुट्ने र घुमी हिँड्ने रहर, कसैलार्ई भलाद्मी हुने या देखिने रहर, कसैलार्ई पारिवारिक रवाफ देखाउने रहर, कसैलार्ई के रहर त कसैलार्ई के । यावत् रहरका प्रकृतिहरूलार्ई बालापन, अझ किशोर वयको अवस्थासित तुलना गरी हेरौँ त, मानिसका रहरालु मनका पत्र–पत्र आफँ प्रस्टिँदै जानेछन्, कुनै मोटो पुरानो ठेलीका पानापाना उप्किँदै गए जसरी ।
अहो, मानिस सानो छदा छाती भरि–भरि कति सपनारूपी रहर हुने गर्छन्, कस्ता विधि रमाइला–रमाइला कल्पनाहरूले डोर्‍याउने गर्छन् । रंगीचंगी विचारहरूले मन नै फुरुङ्ग्याइदिन्छन् । कतै केही देख्यो भने तत्काल त्यही हुन्छु भन्दै त्यसकै पछि भाग्न खोज्ने बालहठ । अस्पताल गयो, बालसुलभ इच्छारूपी रहर डक्टर बन्न लालायित हुने । खेलमैदानमा पुग्यो, सफल खेलाडी बन्ने रहर । अध्ययन कक्षमा उपस्थित हु“दा राम्रो शिक्षक बन्ने धोको, गीत सुने गायक बन्ने रहर, गीतकार देखे गीत लेख्ने रहर, वकिल देखे वकालत (कानुन) पढ्ने रहर, पत्रकार देखे महान् पत्रकार बन्ने रहर, पाइलट देखे विमान उडाउने रहर, योद्धा देखे लडाका बन्ने रहर, सिनेमा हेरे नायक बन्ने र अन्याय एवं खलनायकहरूविरुद्ध लड्ने रहर…, अनि यस्तै के–के हो के–के । यस्ता एकपछि अर्का क्षणिक रहरालु सपनाहरू स“गाल्नु पनि कति आनन्ददायक हुने गर्छ जीवनको त्यो वयमा । अझ आफूले सोचेअनुसारको आफू बन्न नसक्दा मन कति छटपटिन्छ । केवल तिनै रहरबाहेक जिन्दगी अरू केही हो भन्ने नै लाग्दैन ।
व्यावहारिक जीवनका जटिलता र उहापोहहरू बाल मस्तिष्कको क्षितिजभन्दा धेरै टाढा हुन्छन् । तर, प्रकृति तटस्थ हुन्छ अनि समय निर्दयी बन्दै जान्छ । जीवनका जटिलताहरू र दैनिक भोगाइहरूको निर्ममताले अँठ्याउँदै लगेपछि धेरैजसो हाम्रा बालरहर फगत लहड बन्न पुग्छन् र बित्दो समयस“गै क्रमशः मधुर स्मृतिमा फेरिँदै जान्छन् । जतिसुकै रहर गरे पनि हाम्रा बालरहरहरू फेरि कहिल्यै फर्केर आउन सक्दैनन् । जीवनमा सबै कुरा एकपटक पाइन्छ, घरि–घरि पाउन सकिँदैन । सायद यसैको नाम हो मानव जीवन ।
मानिसको जीवन त हो नै रहरहरूको शृंखला । एक पुस्ताबाट अर्को पुस्तासम्म हा“गा फि“जाइरहेको हुन्छ यही रहरले । एउटा रहर पूरा भएको हुदैन अर्को रहर जन्मँदै गइरहेको हुन्छ । बाबु बाजेहरूले, आमा बज्यैहरूले आफ्नो पालामा अथवा आफूले पूरा गर्न नसकेका रहरहरू, आफूले हासिल गर्न नसकेका उपलब्धिहरू अझ बेलाबखत आफूले प्राप्त गरेका सफलताभन्दा अझ धेरै र लोभलाग्दा सफलता आफ्ना छोराछोरी नातिनातिनीले हासिल गरिदिऊन् भन्ने चाहन्छन्, आफ्ना अधुरा रहरहरू नया“ सन्ततिले पूरा गरेको हेर्ने रहर पाल्छन् । यो प्रवृत्ति रहरहरूको क्रमिकता हो, शृंखलाबद्धता हो र एक पुस्ताबाट अर्को पुस्तामा गइरहने रहरयात्रा हो । यो रहरको कुनै सीमा छैन, कुनै बन्धन छैन, कुनै लगाम छैन र कुनै निर्दिष्ट दिशा पनि छैन । रहरहरूको लिगेसी मानिसमात्रको जन्मजात विशेषता हो, जन्मौटे गुण हो ।
रहर जडता भन्जक हो । मूढता, कुपमन्डुकता र स्थिरता भन्जक हो । यो गतिशीलताको द्योतक हो, निरन्तरताको कण्ठाहार हो । ती सब कुरा रहर नै त हुन् जसले चाल्र्स डार्बिनलार्ई मानवको विकासवादको सिद्धान्त पत्ता लगाउन प्रेरित गरे । राइट ब्रदर्सलार्ई हवाईजहाज उडाउन, जेम्सवाटलार्ई वाष्प इन्जिन बनाउन, न्युनलार्ई वृक्षबाट स्याउ खसेको देखेर गुरुत्वाकर्षण सिद्धान्त पत्ता लगाउन प्रेरित गर्ने पनि त्यही रहर हो । पटमूर्ख भनेर कहलिएका कालिदास इखरूपी रहरले गर्दा नै कालान्तरमा संस्कृतका महाकवि बन्न पुगे । नेपालकै एक महिला विष्णुकुमारी वाइवा कमै उमेरमा पक्षाघातजस्तो गम्भीर रोगले थला परिन्, उनी आफँैले केही गर्नै नसक्ने भइन्, तर उनीभित्र केही गरी देखाउने रहर थियो र उनले यो रहरलार्ई सकीनसकी कलम समातेर कागजमा आकृति दिन थालिन् जसले गर्दा उनी अहिले (र पछिसम्म पनि) पारिजातको नामले नेपाली साहित्यमा सर्वप्रमुख महिला साहित्यकारका रूपमा स्थापित हुन पुगेकी छन् । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे पहिलोपटक सगरमाथा चढे । हिलारीभन्दा पहिलेका संसार प्रसिद्ध बेलायती आरोही जर्ज मेलोरीलार्ई सोधियो, तिमी किन त्यस्तो हिउ“को ढिक्को सगरमाथा चढ्न खोजेर आफ्नो ज्यान जोखिममा हाल्न खोजिरहेछौँ ? मेलोरीले सहजतासाथ, हास्दै भने, ‘किनभने त्यो त्यहा“ छ ।’ (पछि, उनी सगरमाथाको चुलीमा टेकेर फर्कंदै गर्दा बीच बाटोमा सगरमाथाको हिउ“भित्र कतै हराएका थिए भन्ने आममान्यता छ, उनी जीवित फर्कनै सकेनन् र त उनले प्रथम आरोहीको अमर श्रेय पनि पाउन सकेनन्) । जापानकी जुन्को ताबेई त्यही रहरले पहिलो महिला सगरमाथा आरोही बन्न सफल भइन् । नेपालकी पासाङ ल्हामु शेर्पा सगरमाथा त चढिन् तर फर्कंदै गर्दा उनी पनि हिउको थुप्रोमा हराइन् । सायद रहर गर्दैमा सबै पूरा हुन्छ, रहराएका वस्तु र आवश्यकताहरू जम्मै हासिल हुन्छन् भन्ने पनि होइन । … उदाहरणहरू अनेकानेक पाउन सकिन्छ ।
रहर आफँमा एक प्रवृत्ति अनि एक विशेषता हो । यो नकारात्मक पनि हुन सक्छ, सकारात्मक पनि । बितेका कालखन्डहरूले पस्केको अनुभव हेर्दा थाहा हुन्छ, जब–जब मानिसमा नकारात्मक तवरले रहर हावी हुन गयो तब–तब दुनियाले ठूला–ठूला उत्पात सहनुपरेको छ, भीषण रक्तपात व्यहोर्नुपरेको छ, नराम्ररी मानव मथिंगल हल्लिएको विवश अनुभव गर्नुपरेको छ । सुपर्णखाको कामरहरले राम रावण युद्दको बाटो निर्माण गर्‍यो । दुर्योधनको इख र धृतराष्ट्रको पुत्ररहरले महाभारतको सर्वविनाशकारी महायुद्ध निम्त्यायो । युनानी योद्दा अलेक्जान्डरले रहर ग¥यो, विश्व विजेता बन्ने । परिणाम के भयो ? अनगन्ती नरनारीहरू तरबार, भाला र धनुषबाणका अकाल गा“स बन्न पुगे । हिटलरले आर्य जातीय श्रेष्ठताको रहर ग¥यो, लाखौँ आबालवृद्धबनिताको जीवन स्वाहा भयो, ग्यास च्याम्बर, बारुद र बमहरूले मानवतालार्ई क्षतविक्षत पारिदिए । मोहम्मद गोरी, चगेज खा, महमुद गजनवी जस्ता इतिहासका कुख्यात लुटेराहरू, नृशंसताका सारा हद नाघ्ने निरंकुश राजामहाराजाहरू, क्रुरतालार्ई पनि मात गर्ने भोका उपनिवेशवादीहरू सबै नकारात्मक रहर बोक्ने जमात थिए । सुदूर इतिहास नै किन, निकट भूत बनेको २० औँ शताब्दीको अन्त्यतिरको युगान्डाका इदी अमिन, चिलीका अगस्तो पिनोचे, इरानका आयोतुल्ला खोमेनी, कम्बोडियाका पोलपोट आदिसमेत धेरै तानाशाहहरूले हजारौँ निर्दोष नरनारीलार्ई एकै चिहान पारेका आला घटना नकारात्मक रहरकै दुःखद् दृष्टान्त हुन् ।
त्यति मात्र होइन, रहर शारीरिक पनि हुन सक्छ र मानसिक पनि । शारीरिक इन्द्रियहरूलार्ई वशमा राख्न सक्नु अथवा शारीरिक रहरलार्ई इच्छाअनुसार दबाउन सक्नु ठूलो खुबी हो तर मानसिक रहरलार्ई दबाउनु कुनै पौरख होइन । किनभने मनको प्रकृति नै उड्नु हो, यो निरन्तर उडिरहन्छ, नया“–नयां“ सोचविचार र सिर्जनाको खोजीमा भौतारिइरहन्छ मन । यो कुन्ठित भयो भने सिर्जनाहरू कुन्ठित हुन्छन्, अग्रगमनमा तगाराहरू तेर्सिन्छन् । तर, शरीर चञ्चल हुन्छ र अक्सर दैहिक सुख अनि अघोरी भोग लिप्साको प्राप्तिका लागि लालायित रहन्छ । आम मानिस आफ्ना दैहिक रहरहरूलार्ई दबाएर देवब्रत भीष्म बन्न सक्दैनन् ।
रहर भनेको चेतना पनि हो । चेतना जसले के ठीक के बेठीक, के सही के गलत, के राम्रो के नराम्रो, के असल के खराब, के सजीव के निर्जीव, के सानो के ठूलो, के तल के माथि, के घाम के छाया, के सत्य के असत्य आदि इत्यादि सबै छुट्याउन मानिसलार्ई दिशानिर्देश गर्छ । चेतना भन्नुस् या रहर, आखिर यही नै त त्यो अकाट्य अविच्छिन्न आधार हो जसले मानिसलार्ई जनावरबाट अलग तुल्याउँछ, जो जनावर र मानिसबीचको विभेद खुट्याउने एकमात्र सहज आधार हो ।
मलार्ई त लाग्छ, सबै मानिसमा रहर हुनुपर्छ । रहरहरू पाल्नुपर्छ । छैन भन्ने लाग्छ भने पनि आफूभित्र रहर जगाउनुपर्छ । रहरलार्ई आवश्यकताका रूपमा बुझ्नुभयो भने, भनिएकै पनि छ, आवश्यकता आविष्कारकी जननी हो । पृथ्वीनारायण शाहलार्ई एकीकरणको रहर नजागेको भए नेपाल आजको रूपमा नरहन सक्थ्यो । त्यही रहर र त्यसलार्ई अमरसिंह थापा, भीमसेन थापा, बहादुर शाह, बलभद्र कु“वर, भक्ति थापा आदिहरूले होस्टेमा हैँसे गरेपछि नै नेपाल राष्ट्रको उदय र विकास हुन सकेको हो । उनीहरूको त्यो पुस्तामा एउटा रहर थियो, एउटा सपना थियो, नेपाल राज्यलार्ई एक गराउने । उनीहरू बाईसे–चौबीसे राज्यहरूसित लडे, कतै बल काम लाग्यो, कतै कुटनीति । महाशक्तिशाली अंग्रेजहरू उनीहरूको साहस, बहादुरी र आश्चर्यजनक युद्धकौशलबाट प्रभावित भए अनि त नेपाल कहिल्यै कुनै विदेशी शक्तिको दास बन्नु परेन ।
रहर भनेकै भविष्यवाद हो, आशावाद हो । विगतलार्ई सम्झेर त्यसको रहर गर्नुमा कुनै उपादेयता छैन । विगत हाम्रो हातबाट फुत्किसकेको छ । त्यो इतिहास हो, त्यसको पुनप्र्राप्ति सम्भव छैन । त्यसैले मानिस भविष्यजीवि प्राणी हो, ऊ भविष्यका लागि बा“चेको हुन्छ, उसमा जिउने रहर हुन्छ, प्रबल जीजिविषा हुन्छ । उसलार्ई थाहा छ, पुनर्जन्म छैन, छ भने पनि अर्कोपटक मानव चोला पाउन चौरासी लाख जुनी कुर्नुपर्छ । त्यसैले एक जुनी पाएर मानिसको जिउने धीत मर्दैन, ऊ धेरै अझ धेरै बा“चिरहने रहर गरिरहेको हुन्छ । रहर होस् वा बाध्यता, मानिस कुनै न कुनै आशामा बा“चेको हुन्छ, त्यस्तो आशा जो भविष्यमा पूरा हुन सक्छ, अझ त्यस्तो आशा जो भविष्यमा हासिल गर्न सकिन्छ भन्ने उसलार्ई लाग्छ । यो उसको प्रकृति हो, नियति हो । यही प्रवृत्ति हो मानिस मात्रको जीवन बा“च्ने रहर ।
रहर गर्नु भनेको सपना पाल्नु हो । सपना अर्थात् रहरको प्राप्तिका लागि कल्पना गर्नु र त्यसलार्ई कसरी हासिल गर्न सकिन्छ भनेर लागिपर्नु हो । त्यस्ता कुराका लागि संघर्ष गर्नु हो जुन कुराहरू पहिले कहिल्यै सम्भव होलान् जस्तै लाग्दैनथे । गोरेटो बनाउन गाह्रो हुन्छ, सडकमा हिँड्न सजिलो । मानव सभ्यताको आदिम युगको घुमन्ते कालखन्डमा यत्रतत्र घुमी हिँड्ने जीवनलार्ई छोड्ने र निश्चित जग्गा घेरेर निजी स्वामित्वको रहरपूर्ण सुरुवात गर्ने त्यो पहिलो मानिस को होला ? एकै ठाउँ बस्ने आफ्नो रहरले गर्दा उसले कति आक्रमण र आलोचना सहनुप-यो होला ? तर, उसमा नया“पन थियो, विस्तारै त्यही नया“पनको किरणले अरूहरूमा पनि त्यस्तै रहर जाग्यो र मनुष्यको घुमन्ते जीवनयापन शैली क्रमशः बिलाउँदै जान थालेर ऊ सामाजिक प्राणीमा रूपान्तरण हुदै जान थाल्यो । अनि क्रमशः मानव सभ्यताको जग बाक्लिँदै, अनेक आरोह–अवरोह र उत्थान–पतन सहँदै र तमाम कालखन्ड व्यहोर्दै आजको युगसम्म आइपुगेको हो । रहरले गर्दा नै मनुष्य बेहतर जीवनको खोजीमा हुट्हुटिन्छ, नया–नया प्रयोग, नूतन सन्धान र अत्यन्त दुष्कर लाग्ने नौला–नौला जोखिमहरू उठाउन तयार रहन्छ । त्यसैले, हामीलार्ई यहासम्म ल्याइपुर्‍याउने हाम्रा रहरालु पुर्खाहरू स्वप्नदर्शी थिए । रहर पाल्ने र सपनाहरू साच्ने स्वप्नद्रष्टा मानिसको जहातहीँ जहिलेसुकै खाचो हुन्छ ।
रहरको खडेरीमा होइन, रहरको हरियो बगैँचामा रम्न सक्नुपर्छ किनभने रहर नयापनको जनक हो, साहसीहरूको प्रेरणा हो र जुझारुहरूको पाथेय हो । अन्तरहृदयले स्वीकारेको रहरलार्ई नै आफ्नो लक्ष्य बनाएर मानिस कर्मभूमिमा अगाडि बढ्यो भने उसले कुनै दिन सहजै शिखर चढ्न सक्छ, सफलता उसका पाइला चुम्न आफैँ ऊसामु आइपुग्न बाध्य हुन्छ ।

प्रतिक्रिया