तौल बढाउँदै सलमान

Salman-Khanकाठमाडौं, ६ साउन । बलिउड अभिनेता आमिर खानको चलचित्र ‘दंगल’ उनको तौल बढाउने विषयका कारण चर्चामा आएको थियो । चलचित्रमा अभिनय गर्नकै लागि तौल बढाएका कारण आमिरको परिवारमा आमा र श्रीमती दुवै चिन्तित बनेको समचारमा आएको थियो । अब तौल बढाउने अभियानमा अर्का खान अर्थात सलमान खान पनि अघिबढेका छन् ।

सञ्चारमाध्यमका अनुसार सलमान नयाँ चलचित्र ‘सुल्तान’ का लागि १० किलो तौल बढाउन लागेका छन् । यो चलचित्रमा सलमान रेस्लरको भूमिकामा देखिँदै छन् । सलमानले आपू तौल बढाउन तयार भए पनि आमिरजस्तो मोटो भने देखिन नचाहेको बताएका छन् ।
‘चुंकी सुल्तान निकै स्ट्रेसपूल चलचित्र हो, जहाँ केही जबरजस्त एक्सन दृश्यको जरुरी पर्छ, त्यसका लागि स्ट्रङ शरीरको आवश्यकता पर्छ’, सलमानले भनेका छन् । पछिल्लो हिट चलचित्र बजरंगी भाइजानबाट वाहवाही पाएका सलमानले रेस्लरमा आफ्नो क्षमतालाई कसरी देखाउनेछन् त्यो हेर्न चाहिँ कुर्नै पर्छ ।

प्रतिक्रिया