काशी अर्थात् बनारसमा रहेको एउटा सामाजिक विश्वास छ– काशीमा जसको मृत्यु हुन्छ ऊ सिधै स्वर्ग पुग्दछ तर मगहरमा जसले जीवन त्याग्छ, अर्को जन्ममा ऊ गधा भएर जन्मन्छ ।’ मान्छे भएर जन्मिन पाउँदैन । यही धार्मिक विश्वासकै कारण हजुरआमा हजुरबुबाका पुस्ताहरू इहलोक होइन, परलोक सुधार्न काशीवास गर्ने नेपालमा चलन थियो । त्यस्तै काशीमा मृत्यु हुनुले जन्म मृत्युको चक्रमा परिरहनु पर्दैन भन्ने पनि छ ।
त्यसमा पनि हिन्दूहरूको लक्ष्य नै धर्म, अर्थ, काम, मोक्ष मानिन्छ । त्यसैले धर्मभीरु नेपालीहरूको काशीवास गर्ने पहिलाको त्यो चलन अहिले पनि छ । काशीवास गर्न सम्भव नभएकाको पनि अन्तिम संस्कारपछि, उसको अस्तु मात्र भए पनि काशीमा लागेर गंगामा सेलाउने गरिन्थ्यो । यो चलन अद्यावधि चलेको छ वा छैन ? थाहा छैन । पहिलोजस्तो भने निश्चय पनि छैन । किनकि बुबाआमाको पुस्ता काशीवासमा गएको थाहा भएन ।
भारतस्थित चारधाम नेपालीहरूका लागि अत्यन्त पवित्र स्थल र आस्थाको केन्द्र मानिन्छ । चारधामको तीर्थयात्रा गर्नु ठूलो पूव्यार्जन र धार्मिक कार्य हो भन्ने धर्माभीरुबीच विश्वास अहिले पनि जीवित छ । तीर्थयात्रामा गएर आएपछि पूजाअर्चनाका साथै तीर्थ भोज गर्नुपर्छ । नगरे तीर्थ गरेको फल निष्फल हुन्छ भन्ने धार्मिक मान्यता पनि छ । यसरी भारतको तीर्थस्थल र धामप्रति हिन्दूधर्मालम्बी नेपालीहरूको अनन्य धार्मिक, आस्था विश्वास, श्रद्धा र मान्यता छ । त्यसैले नेपालीहरू वर्षेनी तीर्थयात्राका लागि चारधाम जाने गर्दछन् ।
तर काशीमा ‘जो मर्दछ त्यो सिधै स्वर्ग जाने र मगहरमा जसले मृत्यु वरण गर्दछ, त्यसको भने अर्को जन्ममा गधा भएर जन्मिन्छ’ भन्ने मान्यताविरुद्ध महान् सन्त कबिरले तोड्ने साहस गरे । जीवनभर काशीमा बसेका कबिर भने आफ्नो जीवनको अन्त्यकालमा मगहर जान्छन् । त्यही प्राण त्यागे पनि ।
‘घरकी चकिया कोई न पुजे जिसका पिसा खायै । घरको जाँतोबाट पिसेको चाहिँ खान्छ तर त्यसको पूजा कोई नगर्ने मानिस ढुंगा पुग्न भने जहाँसुकै पुग्छ भन्ने कबिर आफैँमा एक विलक्षण सन्त थिए । उनको भनाइमा जति ओज छ । त्यत्तिकै मार्मिक र चोटिलो पनि ।
जसरी नेपाली हिन्दू धर्मालम्बीहरूको आस्थाको केन्द्र–काशी गया, चारधाम छ । त्यस्तै नेपाली राजनीतिक नेतृत्वको तीर्थधाम दिल्ली हो भन्ने गरिन्छ । त्यस्तै छ पनि पृथ्वीनारायण शाहको जीवनकालपश्चात् रणबहादुर शाहको पालाबाट नै ब्रिटिसकालीन भारतदेखि नै राजनीतिक धाम भारत रहँदै आएको छ । राजनीतिक तीर्थाटनमा गएका नेकपा एमाओरिका अध्यक्ष पुष्पकमल प्रचण्डको राजनीतिक भेटघाट र राजनीतिक सन्देशका कुरा सञ्चारमाध्यममा सार्वजनिक भइराखेका छन् ।
माओत्सेतुङको कुरा पनि बिपीले भन्छन्, ‘अनुभवको कुरा गर्दा घटना र मिति उल्लेख गर्दै माओले ‘त्यसभन्दा पलिहेसम्म ठूलो दाजु सम्झेर रुखको उसका अनुभवहरू बेसी छन्, लेलिन क्रान्तिहरू भनेर जहिले पनि हामीहरू रुसका कुराबाट निर्देशित हुन्थ्यौँ । त्यस घटनापछि हामीले के निश्चय गर्यौँ भने अब हामी उनीहरूको कुरा मान्दैनौँ । त्यसको केही वर्षभित्रै हामी सत्तामा पुग्यौँ । अर्काको लहैलहैमा काम गर्दा अर्कालाई फाइदा हुने काम बेसी हुँदोरहेछ । आफूलाई फाइदा कम हुँदोरहेछ ।’
जसरी नेपाली हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र– काशी गया, चारधाम छ । त्यस्तै नेपाली राजनीतिक नेतृत्वको तीर्थधाम दिल्ली हो भन्ने गरिन्छ । त्यस्तै छ पनि पृथ्वीनारायण शाहको जीवनकालपश्चात् रणबहादुर शाहको पालाबाट नै ब्रिटिसकालीन भारतदेखि नै राजनीतिक धाम भारत रहँदै आएको छ । राजनीतिक तीर्थाटनमा गएका नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल प्रचण्डको राजनीतिक भेटघाट र राजनीतिक सन्देशका कुरा सञ्चार माध्यममा सार्वजनिक भइराखेका छन् ।
विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तमा आफ्नो प्रधानमन्त्रीकालमा चीन भ्रमणमा गएको प्रसंग पनि उल्लेख छ । त्यहाँ भएको राजनीतिक संवाद कति अर्थपूर्ण छ वा छैन ? त्यो आफ्नो ठाउँमा छ ।
तर त्यसले केही संकेत मात्र होइन, समय सन्दर्भमा आमसर्वसाधारणलाई भन्दा नेतृत्वलाई सामग्री हुन सक्दछ । कोइराला भन्छन्, ‘चाउएन लाईसँग मेरो अन्तिम बैठक पेकिङमा भयो । मैले चाउएन लाईले के भने भने तिमीहरूको आर्थिक सहायता चाहिन्छ । मैले देश बनाउन खोजिरहेको छु, तिमीहरूको आर्थिक सहायता चाहिन्छ । त्यसो हुनाले हामीलाई बेसी चाहिन्छ ।’ फेरि उनले भनेका छन्, ‘उसले भन्यो– त्यसभन्दा आले कति कम्ती गरौँला । त्यसपछि फेरि बिपी भन्छन्– भारतकै बराबरी किन सहायता गर्दैनौँ । उसले भन्यो– होइन, त्यो तिम्रो लागि पनि राम्रो नहोला, हाम्रो लागि पनि राम्रो नहोला । तिमीलाई राम्रो किन हुँदैन भने हामीले धेरै सहायता दियौँ भने भारत तिमीहरूसँग सर्तक हुन्छ । र हामीहरूलाई किन उपयुक्त हुँदैन भने हामी भारतसँग प्रतिस्पर्धा गर्दैछौँ भन्ने अन्तर्राष्ट्रिय स्तरमा पर्न जान्छ । हामीहरू तिमीहरूसँग मित्रता गर्न खोजिरहेका छौँ, त्यसो हुनाले हामीहरू कम्ती दिन्छौँ’ यसमा नराम्रो नमान्नु । उसले अझ अगाडि भनेको वृत्तान्तमा छ– दिन त हामी जति दिन पनि सक्छौँ तर त्यो तिम्रो हितमा पनि हुँदैन, हाम्रो हितमा पनि हुँदैन । भारतसँग तिमीहरूको सहायताहरू बेसी हुनसक्दछ । हामीहरूले सहायता गरौँ भने पनि लामो बाटोबाट जानुपर्ने हुनाले खर्च बेसी हुन्छ । भारतसँग प्रतिस्पर्धामा आउन पनि हुँदैन, तिमीहरूलाई सहायता गर्नलाई चिनियाँको धारणाको कूटनीतिक कस्तो अर्थ राख्छ ? त्यसको ज्ञान कूटनीतिको जानकारलाई हुनेछ ।
तर त्यस्तो बिपी कोइरालाको प्रधानमन्त्रीको कालमा त्यस्तो कूटनीतिक दृष्टिकोण राख्ने चीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा आएर ‘नेपालको लिपुलेक’मा भारत चीन एक ठाउँमा उभिएर नेपालीको मन दुख्न पुग्नु समयचक्रकै खेल नभएर अर्को के हुन सक्ला ? राजनीतिक धाममा जानमा भन्दा यस्ता कुराको सूक्ष्म विश्लेषण राजनीतिक नेतृत्वले गर्नुपर्ने हो कि ?
माओत्सेतुङको कुरा पनि बिपीले भन्छन्– अनुभवको कुरा गर्दा घटना र मिति उल्लेख गर्दै माओले त्यसभन्दा पलिहेसम्म ठूलो दाजु सम्झेर रुसको उसका अनुभवहरू बेसी छन्, लेलिन क्रान्तिहरू भनेर जहिले पनि हामीहरू रुसका कुराबाट निर्देशित हुन्थ्यौँ । त्यस घटनापछि हामीले के निश्चय ग¥यौँ भने अब हामी उनीहरूको कुरा मान्दैनौँ । त्यसको केही वर्षभित्रै हामी सत्तामा पुग्यौँ । अर्काको लहैलहैमा काम गर्दा अर्कालाई फाइदा हुने काम बेसी हुँदोरहेछ । आफूलाई फाइदा कम हुँदोरहेछ ।
बिपी र माओबीचको संवाद पनि नेतृत्वका लागि निश्चय पनि सन्दर्भ सामग्री हुनसक्दछ । प्रचण्डको आफ्नो दलको नाम नै एमाओवादी छ । त्यसमा पनि सबैको राजनीतिक धाम भएको दिल्लीलाई कति दुःख दिनु । उसको पनि आफ्नै झमेला छन् । यो कुरा नेपाली राजनीतिज्ञले किन नबुझेको होला । समयअनुसार चिनियाँ सोच बदलिसक्यो । लिपुलेक त्यसको उदाहरण हो । लगभग काशीवास गरेर परत्र सुधार्ने क्रममा पनि अग्रसर छन् । त्यसै काशीमा मरे स्वर्ग पुगिहाल्ने र मगहरमा मर्दा गधा भएर जन्मने लोकोक्तिको बर्खिलाप एउटा फकिरले चुनौती दिँदै स्वर्गको चाहना नगरेर मगहरमा मृत्युवरण गर्न पुग्नु आफैँमा क्रान्तिकारी कदम थिएन र ? कबिरले कुरा मात्र गरेनन् । आफैँ प्रयोग गरेर देखाए । आफ्नै हिमाल, पहाड, तराई, पहरा, कन्दराहरूमा बसेर नयाँ कुनै राजनीतिक दर्शन नेतृत्वले दिनमा जोड दिनुपर्छ, राजनीतिक धाममा भन्दा बढी । त्यसो भइदिने हो भने त भोलिका पुस्ताले अहिलेका हामीले माक्र्स, लेलिन, प्लुटो, अरस्तु, शुकरात, मेकियावेली, चाणक्य, मनु, गान्धीको दर्शन पढेझैं, सुशील, केपी ओली, प्रचण्ड आदिका दर्शन पढ्नेछन् ।
त्यसको आलोचना, समालोचना, राम्रा–नराम्रा पक्ष केलाउँदै सोध र अनुसन्धान गर्ने थिए होलान्, होइन भने त कबिरले भनेझैँ आफ्नो जाँतोले पिसेका खानु छ त्यसलाई पूजा गर्न बिर्सेर मानवीय प्रवृत्तिभन्दा भिन्न पनि हुनेछैन ।
०००
प्रतिक्रिया