सबै नकारात्मक भन्ने हुँदैन

वैशाख १२ र २९ को भूकम्पले धेरै प्रभावित बनाएको जिल्ला सिन्धुपाल्चोक भए पनि सरकारले सम्भावित थप दुर्घटनालाई न्यूनीकरण गर्ने कामहरूलाई थाती राखेर राजनीतिक गतिविधिलाई मुख्य कार्यभार ठानेर लागिरहेको आरोप सत्य हो होइन, उनीसँगको कुराकानीले थप प्रस्ट पार्छ । सिन्धुपाल्चोक घुमेर काभ्रे आएपछि डब्लुएफपीका दुई जिल्ला (काभ्रे, सिन्धुपाल्चोक) संयोजकसँगको कुराकानीमा आधारित उनका भोगाइ र भनाइहरूले यस्तै दर्साउँछन् । उनी भन्छन्, ‘भाग्य कर्मले जन्माउँछ किनकि त्यस दिन मेरो घर ढुंगा, माटोले नबनेर केही पक्की बनाएको थिएँ भने त्यो देख्नु पर्ने थिएन । त्यसैले भाग्यलाई कर्मले जन्माउँछ भन्ने बुझेरै त्यस दिनबाटै राहत र उद्धारको गतिवधिमा लागिरहेको छु । अब पुनर्निर्माणमा सघाउनेछु ।
भूकम्पका झड्काहरूले दिएका पीडाहरूलाई बिर्सँदै गर्दा भूकम्पले निलेका आफ्नो परिवारका सदस्यहरूको सदगत सकी सेतो लुगामा छन् उनी । आप्mनो कर्मलाई निरन्तर रूपमा अगाडि बडाउँदै गर्दा आपूmलाई त्यो पीडा भुल्न सधैँ व्यस्त गराएर ती क्षणहरूलाई सोच्ने फुर्सदसम्म पनि नपाएका सिन्धुपाल्चोक, कुञ्चोक–९ बस्ने भरत थापाले आपूmलाई मात्र नसम्हालेर अरुलाई पनि आपूबाट सिक्न प्रेरित गर्दै अगाडि बढिरहेका छन् ।
वैशाख १२ को भूकम्प एकदिन अगावै मात्र आमा गुमाउन पुगेका उनी त्यस दिन आमाकै काजक्रियामा व्यस्त थिए । अचानक, अकल्पनीय रूपमा आएका ती क्षणहरू सम्झँदै उनी भन्छन्, ‘म त्यस दिन धारानजिकैको क्रिया थलोमा थिएँ, मेरो बुबा, दिदी, भतिजी, नातिनीसहितको परिवार त्यो घरमा थिए जुन घर उनकै भाषामा चिहान थियो । त्यो घरमा त्यसरी वैशाख १२ को त्यो दिनले मलाई असरल्ल रहेका मेरा सपनाहरूलाई घर जस्तै भग्नावशेषमा पु¥यायो, उनी सम्झँदै भन्छन्, ‘मेरै आँखाअगाडि भएको त्यो क्षणलाई कसरी भुल्न सकुँला ? भूकम्पले घर र परिवार गुमाएँ तर मैले मेरो मानवीयता गुमाएको छैन, मभन्दा पनि पीडित धेरै छन् । मै रोएपछि उनीहरूलाई सम्झाउला कसले ? भन्ने सोचेँ अनि काजक्रिया नगरी उद्धार गर्नतिर लागेँ । घरमा भएका तिन जना छिमेकीलाई सकुसल बचायौँ तर आफ्नै परिवारका सदस्यलाई बचाउन सकिनँ । म केहीबेर पनि विलम्ब नगरी मेरो परिवार जे हुनुभयो भन्ठान्दै गाउँका अरु घरमा पुगेँ । मैले त्यो गाउँमा रहेका हरेक घरबाट शव झिक्न र जीवितै उद्धारमा लागेको थिएँ । मलाई देखेर एकातर्फ आश्चर्य व्यक्त गर्नेहरू पनि थिए । किनकि क्रिया बसेको मान्छेले हाम्रो समाजमा अरुलाई छुनु हुँदैन भन्ने मानसिकता थियो तर मैले त्यसको कुनै परवाह नगरी काम गरेको थिएँ । मैले बाँचेर बचाउनु नै मानवीय धर्म र कर्म हो भन्ने बुझेको पनि थिएँ ।
घरमा भएको अन्नपातसमेत पुरिँदा बचेकालाई काजक्रिया गर्न ल्याएको (पिण्ड बटार्न तयारी पिठो) पिठो र चामल खुवाएर गाउँकाहरूलाई बचाएका थियौँ । अबका दिनहरूमा वर्षात्ले निम्त्याउन सक्ने क्षेत्रहरूको अनुगमन र पुनर्वास, वैकल्पिक बासको तयारीभन्दा सरकार आलटाल गरेर बचेकाहरूलाई पनि मरेको देख्न चाहन्छ भने हामीले भन्नु केही छैन । होइन भने सरकारले केही त पक्कै गर्नुपर्छ । तत्कालीन र हालको गतिवधिलाई नियाल्दा पनि थाहा हुन्छ कि अवस्था उस्तै छ सरकार भए केही त गर, १२ घण्टाको फरकमा खाना खान भ्याउने उनी थप्छन्, सरकारले अरुले दिएको सहयोग पनि लिन जान्दैन आपूm पनि दिन जान्दैन ।
केही दिन पहिलेको घटना सुनाउँदै उनले भने डब्लुएफले पठाएको सबै अखाद्य चामल थिएन । कुनैमा थियो होला अखाद्य तर सबै खानै नहुने भन्ने परम्पराको अन्त्य गर्दै क्वालिटीको मापन गरेर वितरण गर्नुपथ्यो । त्यसो भएन । हल्लाको पछि लाग्दा आफैँलाई घाटा हुन्छ । यथार्थ कुराको पहिचान गर्न अनुगमन गर्नुपथ्यो यो हुन सकेको छैन माझमा एउटै मात्र खराब व्यक्ति हुँदैमा सबै खराब विश्लेषण गर्नु अकर्मण्यता हो । सबैलाई नकरात्मक रूपले हेर्नु सकारात्क पाटोको अन्त्यतिर पुग्नु हो ।
आफ्नो पीडालाई कुनै प्रवाह नगरी उनी भन्छन् । हाल आएर मलाई गौरव गर्ने ठाउँ मैले आफ्नै कर्मक्षेत्रलाई बनाएको छु । गर्व लाग्छ, मलाई किनकि मैले पनि समाजलाई सहयोग गर्न पाएको छु । दुःख, सुखमा साथ दिन पाउँदाका क्षणहरूलाई सम्झिएर अबका दिनहरू बिताउनेछु । अतीतका कुरालाई बुझेर अबका दिनमा शोकलाई शक्ति र शक्तिलाई काममा उतार्नु अबको मेरो पहिलो आवश्यकता हो । उनलाई सौर्यले राखेको जिज्ञासा ‘अब सरकारले के गरे हुन्थ्यो ?’ को जवाफमा उनी भन्छन्, ‘राहत घोटाला गर्नेहरूलाई पर्दाफास गरी तिनीहरूको पत्ता साफ गर्नसके सबै पीडित आत्माले शान्ति पाउने थियो । सन् २००३ देखि नै काम गर्दै आएका उनी सबैलाई नआत्तिन र नमात्तिन भन्छन् । म घर जान सकिरहेको छुइनँ, टेलिफोनबाटै सबै गतिविधि नियालिरहेको छु, आफ्नै गाउँलाई । उनी भन्छन्, ‘सबै विषयहरू नकारात्मक भन्ने हुँदैन । सरकारले केही सकारात्मक पनि सोच्नु जरुरी भएकै छ । सोच्ने समयसम्म पनि नरहने परिस्थितिमा सबै गतिविधिहरूलाई पीडासँग दाँजेर बहुमूल्य कामको छनोट गरेर लागोस् सरकार । त्यसैमा सबैको कल्याण छ ।

प्रतिक्रिया