हेर्दै जानुस् ⁄ अबका राष्ट्रपति छविलाल

Bihangam-Raj-Guru-Dankaतान्त्रिक ज्योतिष विहंगमराज तिमल्सेनाले गरेका भविष्यवाणी मिल्ने गरेका छन् । उनमा भरपुर मिडिया–क्रेज छ, किनभने उनी आफूले गरेका प्रायः भविष्यवाणी सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न रुचाउँछन् । दोस्रो संविधानसभा निर्वाचन आउँदै गर्दा उनले गरेको भविष्यवाणी गलत भएन ।

समाजका चर्चितदेखि सामान्य मान्छेसम्म र देशको कुण्डली पनि हेर्छन्, उनी । उनलार्ई देश र नेताहरूको कुण्डली हेर्न विशेष जाँगर चल्छ । अब मुलुक कता जान्छ ? कस्तो छ भविष्य ? जान्न आफैँ पल्टाउँछन् कुण्डली, ‘मलाई पनि यो देशको चिन्ता छ । त्यसैले कसैले भनिरहनु पर्दैन, आफैँ हेर्छु बेला–बेला जन्मभूमि र नेताहरूको कुण्डली ।’

समय चक्रको फेरमा यतिबेला फेरि चर्चामा छन् उनै तान्त्रिक ज्योतिष तिमल्सेना । मुलुक लोकतन्त्रात्मक नयाँ संघीय गणतान्त्रिक संविधान निर्माणको दिशामा अघि बढिरहेका बेला तिमल्सेनाले मुख्य नेताहरू र पार्टीलार्ई आध्यात्मिक रूपमा समस्या सुल्झाउन सुझाव दिएका छन् ।

नेताहरूले बेलैमा ‘दशमहाविद्याको शरणमा गएर विधि पूरा गर्ने हो भने देशले संकटबाट उन्मुक्ति पाउने’ तिमल्सेनाको ठहर छ । देश अहिले पनि पूर्ण रूपमा संकटमुक्त नभएको र नेताहरू आ–आफ्नै तालमा लाग्ने हो भने मुलुक अझ बढी संकटमा फस्ने उनको अध्यनले देखाएको उनी अडानका साथ बताउँछन् ।

यतिबेला तिमल्सेनाको सबैभन्दा ठूलो भविष्यवाणी मुलुकको आगामी राष्ट्रपति को हुने भन्ने सवालमा छ । राष्ट्रपतिको सवालमा तिमल्सेना भन्छन्, ‘देशको र प्रमुख नेताहरूको ग्रह, लग्न, राशि आदि हेर्दा यो मुलुकमा अब राष्ट्रपति हुने पालो छविलाल (प्रचण्ड) को छ । उनको ग्रह यतिबेला सबैको भन्दा बलियो छ । उनका अगाडि अरू नेताको ग्रह राम्रो छैन ।’

नेताहरू सकारात्मक हुनुपर्छ । सबैभन्दा पहिला देशको संकट कसरी मोचन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । ‘देशको पहिलो राष्ट्रपति हुन तयार भएका छविलाल आफ्नै ग्रहका कारण हुन नसकेको’ ज्यातिष तिमल्सेनाको ठहर छ । ग्रह बलियो नभएको बेला बल गरेर मात्र पद प्राप्त गर्न नसकिने उनको भनाइ छ ।

अहिले छविलालको ग्रह बलियो रहेको उनको भनाइ छ । बेला–बेला देशको शासन कसको हातमा जान्छ भनेर भविष्यवाणी गर्ने तिमल्सेनाका अहिलेसम्मका भविष्यवाणी प्रायः पूरा भएका छन् ।

पार्टीका प्रमुख नेता, पत्रकार, व्यापारी, डाक्टरजस्ता महत्वपूर्ण व्यक्तित्व आ–आफ्ना समस्या लिएर उनकोमा जान्छन् । धेरैको भविष्य, वर्तमान र भूत बताउने उनी समस्यासँगै समाधानको उपाय पनि देखाउँछन् । धेरैजसो समस्या तान्त्रिक विधिबाट सुल्झाएका छन् उनले । उनका भक्तहरू देश विदेशमा धेरै छन् । स्काइप, टेलिफोन र च्याटमार्फत पनि उनी भक्तहरूको समस्या समाधान गर्छन् ।

अध्यात्मको सबैभन्दा ठूलो विधि दशमहाविद्यालार्ई मान्छन् तान्त्रिक ज्योतिष तिमल्सेना । उनको भनाइमा, यो विधि र यसको मन्त्रले मान्छे करेन्ट लागेर तरंगित भएजस्तै तरंगित हुने गर्दछ । यो विधि गर्ने जो कोहीले आफ्ना समस्याबाट उन्मुक्ति पाउने उनको ठोकुवा छ । तान्त्रिक विधिलाई विज्ञानको रूप मान्ने तिमल्सेना जो कोहीलाई यसको आवश्यकता रहेको ठान्छन् ।

‘विश्वका चर्चित नेता, व्यापारी, डाक्टर, वकिल जस्ता व्यक्तित्वहरू अध्यात्ममा विश्वास गर्छन् । नेपालका नेताहरू मनले माने पनि देखाउनका लागि अध्यात्मदेखि टाढा भएको ढ्वाङ गर्छन्, ।’ भारतको उदाहरण दिँदै तिमल्सेनाले भने, ‘संसद्मा गाडी कहाँ राख्ने ? सभामुख, उपसभामुखजस्ता महत्वपूर्ण नेताहरूको गाडी कता फर्काएर राख्ने ? जस्ता कुरामा वास्तुशास्त्र र तान्त्रिक विधि हेरिन्छ ।नेपालमा भने एक त विश्वास गर्न गाह्रो, गरी हाले पनि अरूमार्फत वा सुटुक्क हेर्ने हेराउने र विधि पूरा गर्ने प्रयास हुन्छ ।’ 

सुटुक्क ज्योतिषकहाँ धाउने नेताहरूलाई तिमल्सेनाको सुझाव छ, ‘यदि मन पवित्र छ र आस्थाले आउने भए ढुक्कसँग आउँदा हुन्छ । मान्छेले जीवनमा सफलता प्राप्त गर्न अध्यात्म र भौतिकवादलाई समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ ।’

वर्तमान सरकारका प्रमुख सुशील कोइरालाको ग्रह दश ठीक नभएको तिमल्सेनाको ठम्याइ छ । ‘सुशील कोइरालाको ग्रहकै कारण उनलार्ई आफ्नै पार्टी र आफूनजिकका मान्छेले खुलेर साथ दिएका छैनन् । यो सबै उनको ग्रह र दशाका कारणले हो । यही अवस्थामा अघि जाने हो भने सुशीलको सरकारले संविधान जारी गर्ने अवस्था छैन ।’

‘समस्या आयो भने त्यसको समाधानको बाटो पहिल्याएर उपचार गर्नुपर्छ । अहिले पनि केही बिग्रिएको छैन । उनले निशंकोच भएर दशमहाविद्या गराउने हो भने केही आशा गर्न सकिन्छ । शरीरमा रोग लाग्यो भने पहिला रोगको पहिचान गर्नुपर्छ, त्यसपछि उपचारको बाटो खोज्ने हो । यतिबेला सरकार केही गर्न खोज्छ तर उसको अगाडि ग्रहले समस्या तेस्र्याएको हुन्छ । हामी समस्या र समाधानको बाटो देखाइदिने हो । सरकारमा बस्ने र उनका नजिक भएकाले समाधानको बाटो खोज्नुपर्छ ।’

नेपालका प्रमुख नेता, व्यापारी, उद्योगपति जस्ता महत्वपूर्ण व्यक्ति अधिकांशले तान्त्रिक विधि र अध्यात्मको प्रत्यक्ष वा अप्रत्यक्ष विश्वास गर्ने गरेको उनै तिमल्सेनाको अनुभव छ ।
अनि उनको अनुभव यसरी बोल्छ– कोही खुला रूपमा आउँछन् र आफ्ना समस्या समाधान गरेर जान्छन् । कोही आउँछन् आफ्ना समस्याको पहिचान गराउन तर समाधानको बाटो खोज्ने बेला कसैले थाहा पाउँछ कि भनेर डराउँछन् । समाजमा नराम्रो काम गर्न डराउनुपर्छ, यो एक प्रकारले रोगको समाधान गरेजस्तै हो । किन डराउने ? समाजमा केही प्रभावशाली काम गर्नेले कर्मसँगै अध्यात्ममा विश्वास गर्नुपर्ने उनको धारणा छ ।

‘कोहीसँग नडराउने मान्छे भगवान्सँग डराउँछ । त्यो अध्यात्मप्रतिको आस्था हो । आस्था छ भने मनैदेखि विश्वास गर्नुपर्छ । धुकचुक भएर केही गर्न सकिँदैन,’ तान्त्रिक ज्योतिष तिमल्सेनाको आध्यात्मिक तर व्यावहारिक ठहर छ ।

(ज्योतिष एवं तान्त्रिक गुरू विहंगमराज तिमल्सेना संग, ९८४१३१४१२० मा सम्पर्क गर्न सकिन्छ ।)

प्रतिक्रिया