२०५८ साल सम्ममा वरिष्ठ कवि एवं गीतकार ईश्वरवल्लभदाजु र म अति निकट भईसकेका थियौ । हरेक दिन भेट्नै पर्ने । मेरो दाजु गोपालको मीनभवनमा पुस्तक पसल थियो । गोपाल दाइसंग पनि बल्लभदाजुको राम्रो सम्बन्ध बिनेको थियो । गोपालदाइको छोरीको नाम ’श्रीजा’ ईश्वरदाइले नै राखिदिनु भएको थियो । कि म ईश्वरबल्लभ दाजुको घरमा पुग्थे कि दाजु मीनभवनको पुस्तक पसलमा पुग्नु हुन्थ्इो । कान्तिपुरमा लेख दिने दिन त ईश्वरदाइ नै आउनु हुन्थ्यो तर म लिन जान्थे उहाँको घरमा ,संगै कान्तिपुरसम्म पुग्ने अनि पसलमा आएर बस्ने । यो लामोसमय सम्म रहयो ।
एक दिन दाइले “भाइ दाह्री पल्नुस“ भन्नु भयो । म आश्चर्यमा परे किन दाइ । “पाल्नुस , मैले भनेपछि पाल्नुस । कारण छ । दाह्री पाल्नुस । यसका बारेमा म कुनै दिन निबन्ध लेखौला भन्नु भयो । “
म अहिले लख काट्छु ईश्वरदाइले मलाई दाह्री पाल्न लगाउनुको कारण मलाई परिपक्क देखाउन होला । सानो कायाको म दाह्री काट्दा सानै देखिन्छु पनि । धेरै कार्यक्रममा संगै जाने । सधै भेट्ने हुँदा कसैले ठाकुरजस्तो फुच्चेलाई लिएर हिड्छ भने कि दाजुलाई ।
दाजुले भन्नुभयो “भोलिदेखि फ्रेन्चकट राख्नुस, दामी हुन्छ । “सधै भेट्न बोलाउने । भेट्न गयो “ए! दाह्री आज पनि काट्नु भयो हैन । लौ आज म बोल्दिन जानुस घर“ भन्ने । नबोल्ने पनि । अनि घर पुग्ने बेलामा फोन गरेर जिस्किने । “भोली त काट्नुहुन्न नि ।“
हरेक दिन ’सेभिङ्ग’ गरेर हिड्ने म दाह्री पाल्न र दाह्रीमा पत्ती नलगि बस्न ठूलो सास्ती भयो । केही दिनको सास्ती पछि दाह्री प्रिय बने म । १४ वर्ष पछि यसरी दाह्रीलाई सफचट पार्दा ईश्वरदाजुलाई सम्झिए ।
(बेलबासेको फेसबुक भित्तोबाट)
प्रतिक्रिया