केही समयअगाडि एउटा समाचार प्रकाशित भयो । एउटा स्कुलको शिक्षकले साना–साना नानीहरूलार्ई यौन दुराचार गर्यो ।
यो खबरले छोरी हुने अभिभावकहरू स्तब्ध हुन पुगे । उनीहरू अलमलिए, अत्तालिए र झस्किन पुगे, कतै आफ्नै छोरी त त्यस्ताको शोषणमा परेकी छैन ? एउटी महिला भन्दै थिइन्, ‘छोरी हुनेहरूलार्ई यो समाचारले स्तब्ध तुल्याएको छ । छोरीलार्ई स्कुल नपठाउँ, त्यो सम्भव छैन । पठाउँ, हरपल छोरीको चिन्ता । छोरी सानै छे, न त उसलार्ई यस बारेमा थाहा छ । शिक्षकले शोषण गरेकोबुझदिन ।
त्यसैले साना नानीहरू यस किसिमको शोषणबाट शोषित भइरहेका हुन्छन् । जब यो कुरा बुझ्ने उमेरका हुन्छन्, त्यो बेलासम्म उनीहरू मानसिक रूपले विक्षिप्त हुन पुग्छन् ।’
यौन हिंसा र शोषणले नेपालको सबै भू–भागलार्ई समेटेको छ । यसले कुनै वर्ग, जात, धर्म र सम्प्रदाय भनेर छुट्याएको हुँदैन । न त यसले बालिकाको उमेरलार्ई नै हेर्ने गरेको छ । त्यसैले हरेक उमेरका छोरी बच्चाहरू शोषणमा परिरहेका हुन्छन् ।
प्रायः हाम्रो घरपरिवारभित्रै बालिकाहरू यौन शोषणा परेका घटना थुप्रै छन् । तर, घरभित्रको कुरो घरमै राख्नुपर्छ भन्ने मानसिकताका कारण यस्ता कुरा बाहिरसम्म आउन पाउँदैनन् । आफन्त–आफन्त बीचको कुरा घरभित्रै सल्टाउनुपर्छ भन्ने धारणाको कारण पनि शोषण बाहिर आउन सक्दैन । जसको कारण छोरीहरू अरू धेरै शोषणमा परिरहेका हुन्छन् ।
आफन्तबीच मनमुटाब हुने डरका कारण पनि समस्या घरभित्र रहन्छ भने कतिपय घटना पारिवारिक दबाब तथा अन्य कारणले सीमित घेरामा कैद हुन पुग्दछ । प्रायः घरभित्रका यस्ता घटना मेलमिलापमै टुंगिने गरेको पनि देखिन्छ । जसले गर्दा हाम्रो घरभित्रै यस्तो दुराचारीले प्रश्रय पाइरहेको हुन्छ ।
अर्को पक्ष भनेको अभिभावकले सबैभन्दा धेरै विश्वास गरेका अथवा अधिकार प्राप्त वा जिम्मेवार व्यक्तिहरू जस्तै : शिक्षक, डाक्टर, प्रहरीबाटै यौन दुव्र्यवहार हुने गरेका घटना वर्षेनी बढ्दै गइरहेको पाइन्छ । तर, यस प्रकारको घटना गोप्य हुने गरेका छन् । सार्वजनिक भए पनि उच्च पदमा आसिन यस्ता पहुँचवालाहरू हुनाले उनीहरूमाथि कुनै किसिमको करबाही भएको पाइँदैन । उल्टै उनीहरू आफूलार्ई अरूले आक्षेप लगाएको आरोप लगाई सकुशल उम्कने गरेका देखिन्छन् ।
हामीकहाँ पनि बालिका, किशोरी र महिलामाथि विभिन्न किसिमका यौन शोषण हुने गरेका छन् । तर, कानुनमा यौन शोषणाको परिभाषा प्रस्ट छैन । हालको परिभाषा पनि रुढीवादी परम्परा अनुसारै पाइन्छ । कानुनमा यौन शोषणसम्बन्धी परिभाषा साँघुरो छ । यौन शोषण भन्नाले यौन सम्पर्क र सम्भोगलार्ई मात्र सीमित राखेको छ । तर, यौन दुराचारसम्बन्धी खासै प्रस्ट कानुन छैन । जसले गर्दा दुराचारी व्यक्तिहरू सजिलै उम्कने गरेका छन् ।
कानुनमा जबर्जस्ती करणी र आशय करणी भनेर त्यसलार्ई अपराधको श्रेणीमा राखेको छ र सजायको व्यवस्था पनि गरेको छ । तर, यौन शोषणको परिभाषा प्रस्ट हुन नसक्दा कतिपय यौन दुराचारीले सफाइ पाइरहेका छन् भने भएका कानुन पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसक्दा यस्ता अपराधी सजिलै छुट्ने गरेका छन् । जसले गर्दा यस्ता अपराधी अझ धेरै प्रोत्साहित हुने गरेका छन् ।
यौन शोषित बालिका, किशोरी र महिलाका लागि कानुन छ र कतिपय अपराधीलार्ई कारबाही भएको पनि पाइन्छ । तर, के त्यो कारबाही पर्याप्त छ ? उत्तर अनुत्तरित रहन्छ । अपराधीले सजाय पनि पाउँछ, केही समय कैदमा बस्छ र केही रकम तिरेर बाहिर निस्कन्छ । ऊ फेरि समाजमा ठाडो शीर गरी हिँड्छ ।
तर, जुन बालिका सानैमा शोषित भएकी छे, उसको मनस्थिति कस्तो होलाभन्ने कसैले बुभ्mने कोसिस गरेको छ ? समाज एउटै कुरा दोहोर्याइरहन्छ, ‘दुराचारीलार्ई कारबाही हुनुपर्छ ।’ तर, दुराचारीलार्ई कसरी घटाउने भन्नेबारेमा विचार गरेको पाइँदैन । दुराचारी मानसिक रोगी पनि हुन सक्छ । तर, यसप्रति खासै चासो दिएको पाइँदैन । कतिपय व्यक्ति भने शोषण गर्ने नै प्रवृत्तिका हुन्छन् । यस्तालार्ई कारबाही गर्न समाजले ध्यान दिएको पाइँदैन ।
शोषणका घटना बाहिर आउँछन् । डराएकी बालिकासँग विभिन्न प्रश्न सोधिन्छ । अभिभावक, डाक्टर, प्रहरी, वकिल आदिबाट विभिन्न प्रश्न सोधिन्छ र उसलार्ई जवाफ दिन बाध्य पारिन्छ । तर, पछि घटना सामसुम हुन्छ । सबै आफ्नै गन्तव्य स्थानमा व्यस्त हुन थाल्छन् । बालिकामा परेको मनोविज्ञानलार्ई बुझ्ने कोही हुँदैन । समयसँगै उसको पीडा बढेको पनि हुन सक्छ । तर, कसैलार्ई थाहा हुँदैन ।
उनीहरूले यो समयमा सामाजिक, मनोवैज्ञानिक तथा आर्थिक सहयोग कमै पाउँछन् । जसले गर्दा उसको मनोविज्ञानमा नकारात्मक असरहरू बढ्दै गएको हुन्छ । तर, यसप्रति खासै चासो लिइँदैन ।
केही समय उनीहरूप्रति सहानुभूति देखाए पनि पछि उनीहरूप्रति समाज र परिवारको दृष्टिकोण भेदभावपूर्ण भएको पाइन्छ ।
यौन शोषित बालिका र यसको परिवारलार्ई समाजले हेर्ने दृष्टिकोणका कारण यस्ता परिवार बसाइँ सर्नुपर्ने बाध्यता हुन्छ । पीडित बालिकाको परिवारले पनि छोरीलार्ई राम्ररी हेर्न सक्दैन । पछि यही कारणले छोरीको बिहे नहुने हो कि भनी छोरीलार्ई जति सक्दो चाडो बिहे गरिन्छ । परिवार पनि छोरीका कारण आफन्तसँग धक मानिरहेका हुन्छन् ।
जसको कारण यस्तो दुराचारीबाट शोषित हुने बालिकाको मनस्थिति सधैँ तनावग्रस्त हुन पुग्छ । उनीहरू चाहेर पनि यो पीडाबाट टाढा रहन सक्दैनन् । यसले उनीहरूको दिमागमा दिगो असर पर्ने गरेको देखिन्छ । जसको कारण उनीहरू ठूलो भएपछि मानसिक रोगी बन्ने देखिन्छ । उनीहरूलाई पछि किशोरी र आमाको भूमिकामा समेत अवरोध पुर्याएको देखिन्छ । जसले गर्दा यस्तो शोषित बालिका वृद्ध हुन्जेलसम्म पनि यस्तो शोषणको सिकार भएका हुन्छन् । यस्तो पीडाले उनीहरूलार्ई दीर्घकालीन असर पुर्याएको हुन्छ ।
तर, समाज उनीहरूको यस्तो पीडाप्रति खासै विचारशील भएको पाइँदैन । दुराचारीलार्ई सजाय मात्र दिनुपर्छ भन्ने मानसिकता पालेको देखिन्छ । अझ कतिपय अवस्थामा दुराचारीसँग मेलमिलापको बाटो अँगाल्न बाध्य पारिन्छ । आर्थिक कठिनाइ र समाजको तिरस्कारको पीडा सहनुभन्दा बरु घटना गोप्य राख्नु नै लाभदायक सोची घटना भित्रभित्रै राखिन्छ । तर, यसप्रति शोषित बालिकाको मनस्थिति र उसको पीडा कस्तो भएको होला भन्ने सोच कसैमा हुँदैन । यस्ता बालिकाहरूको शिक्षा हासिल गर्ने क्षमता कम हुँदै गएको हुन्छ । स्मरण क्षमतामा ह्रास हुनु त छँदैछ, अरू कुनै पनि काम राम्रोसँग गर्न सक्दैनन् । यसले गर्दा उनीहरूको जीवनमा अझ धेरै पीडा थपिइरहेको हुन्छ ।
यसैले यदि हामीले यस्ता घटनालार्ई कम गर्नु छ भने सबैभन्दा पहिले कानुनलार्ई नै प्रभावकारी बनाउनुपर्छ र प्रभावकारी ढंगले कार्यान्वयनमा जोड दिनुपर्छ । अपराधीको मनस्थिति (मनोवैज्ञानिक तथा सामाजिक) बारेमा जानकारी लिई यसलार्ई सल्लाह, उपचार के जरुरी छ भन्ने कुरामा सहमति हुनुपर्दछ । यदि कोही बालिका शोषित भएकी छ भने उसलार्ई मनोवैज्ञानिक सहयोग चाहिन्छ भन्ने कुराको विकास गरी यसलार्ई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ । यौन शोषण वा दुराचारीलार्ई रोक्नका लागि पीडित परिवारको सहयोगका लागि चेतनामूलक तथा सहयोगी कार्यक्रमहरू ल्याउनु पनि हाम्रो कर्तव्य हुन आउँछ ।
नानीहरू शोषित भइरहेका हुन सक्छन् । त्यसकारण समय–समयमा नानीहरू जाने स्थानको निरीक्षण गरिरहनुपर्छ । अपराधीलार्ई कुनै हालतमा उम्कन दिनु हुँदैन । यस्ता अपराधीलार्ई उम्कन दियो भने फेरि पनि उनीहरूले यस्ता काम गर्ने हुनाले उनीहरूलार्ई हतोत्साही गर्न पनि कडा कारबाही जरुरी हुन्छ । ‘कुनै चिजलार्ई दबाउनु भनेको त्यसलार्ई शक्ति दिनु हो ।’ आचार्य रजनीशको यो भनाइलार्ई मनन गरी हाम्रो समाजमा रहेको यस्ता विकृतिलार्ई हामीले नै हटाउनुपर्छ । हाम्रो प्रयत्नबाटै यो सम्भव छ । हाम्रो सहयोगले नै हाम्रा नानी सुरक्षित रहन सक्छन् । यो हाम्रो कर्तव्य पनि हुन आउँछ ।
प्रतिक्रिया