विमल ढकाललार्ई खुला पत्र

Bimal-Dhakalश्री विमल ढकालज्यू,
अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं, नेपाल ।

नमस्कार अनि अभिवादन !
सबैभन्दा पहिला वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा निर्वार्चित हुनुभएकोमा तपाईंलगायत सबै पदाधिकारीलार्ई बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।
साउदी, ओमान, कुवेत, कतार, बहराइन, दुबई र मलेसियामा रही काम गर्दै आएका २० लाख नेपाली श्रमिकको प्रतिनिधित्व गर्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष ढकाललार्ई यो पत्र लेख्दैछु ।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले यही असार २१ गतेबाट लागू हुने गरी खाडीका ६ मुलुकसहित मलेसियाका लागि फ्री भिसा र फ्री टिकट लागू गरेको छ । तपाईंहरूको अधिवेशनपश्चात् तपाईंहरूले सरकारको उक्त निर्णयका विरुद्धमा अनिश्चितकालीन मेनानपावर कम्पनीहरू बन्द गर्दै आन्दोलनमा लाग्नुभएकोमा दुःख लागेको छ । तर, सबै नेपालीले आशा गरेका थियौँ सरकारको उक्त निर्णयको पक्षमा तपाईंहरूले स्वागत गर्नुहुनेछ । नेपालीहरूले अपेक्षा गरेभन्दा फरक सरकारले गरेको निर्णयको तपार्इंहरूले विपक्षमा आन्दोलन गरिरहनु भएको छ । तपाईंहरूलार्ई प्रश्न छ– के फ्री टिकट र फ्री भिसामा नेपाली कामदार विदेशमा जानु नाजायज हो र ?
आज खाडीका ६ मुलुकसहित मलेसिया लगायत २० लाख नेपालीले सरकारको उक्त निर्णयको स्वागत गरिरहेका छ्न र भनिरहेका छन्, यो निर्णय लागू हुनुपर्छ । सरकारले तपाईंहरूलार्ईं २० हजारसम्म रुपैयाँ लिन पाउने भनिरहँदा तपाईंहरूको आन्दोलन कसका लागि ? तपाईंहरूले भन्नुहोला– हामी नेपाली कामदारको पक्षमा छौँ र सरकारको यो निर्णयले कामदारको माग घट्नेछ । तपाईंलार्ई भन्न चाहन्छु, के कहिल्यैै तपाईंहरूले विदेशमा पठाइरहेका नेपालीको दुःखपीडाका बारेमा जानकारी लिनुभएको छ कुनै दिन ? तपाईंहरूले ४० र ८० हजारको श्रम स्वीकृति गराएर दुई लाखभन्दा बढी रकम लिन नपाउनुभएकाले आन्दोलन गर्नुभएको हो ? आज तपाईंहरूले नेपाली कामदारलार्ई साउदी, ओमान, कुबेत, कतार, बहराइन, दुबई र मलेसियालगायतमा राम्रो छ र कमाइ धेरै हुन्छ भन्दै रोजगारदाता कम्पनी राम्रो छ भनी जसरी पठाउनुभएको छ, यहाँ तपाईंहरूले भने जस्तो छ छैन, कुनै दिन बुझ्नुहन्छ त यहाँ कार्यरत १० प्रतिशत कम्पनी मात्रै राम्रा छन् ।
नब्बे प्रतिशत कम्पनीले नेपालीलार्ई भनेको जति तलब नदिने, लेबी काट्ने, बिरामी हुँदा औषधि उपचार नगर्ने, होस्टेलको राम्रो व्यवस्था नगर्ने, दुई÷चार महिनासम्म तलब नदिनेसम्मको काम गरिरहेका छ्न् । त्यति मात्र होइन, तलब बुझेको समयमा यहाँका नागरिकबाट लूटपाट, हत्या, हिंसा र बलात्कारसम्म हुने गरेका छन् । त्यसैगरी प्रहरीले अनावश्यक दुःख दिने कामसमेत हुने गरेको छ ।
नेपालमा साहुबाट लाखौँ ऋण लिएर बिदेसीएका नेपालीले विमानस्थलबाटै दुःख पाउने गरेका छन् । दुई÷चार दिनसम्म यहाँका रोजगारदाता कम्पनी विमानस्थलमा लिन जाँदैनन् । प्रहरीले उस्तै दुःख दिन्छन् । दिसापिसाब गर्न पनि भनेको समयमा जान दिँदैन । चिसो भुइँमा त्यतिकै बस्नुपर्छ । जुन कामका लागि भनेर आएको हो त्यो काम हुँदैन र एक महिनासम्म कामसमेत दिँदैन । त्यतिबेलाको तलब पनि दिँदैन । नेपालबाटै भाषा नसिक्दा ठूलो समस्याको कारणले गर्दा उस्तै समस्या हुन्छ । यिनै समस्याले गर्दा नेपाली कामदार अवैधानिक बन्नुपरेको छ । अवैधानिक भइसकेपछि अध्यागमनबाट धरपक्कड हुने र नेपालीले जेलमा सड्नुपर्ने बाध्यता अर्कोतर्फ छ ।
बिदेसीयका नेपालीले भनेजस्तो काम र तलब नभएपछि आफ्नो घरको ऋण सम्झेर कति नेपालीले आत्महत्यासम्म गरेका छन् । कतिले त मानसिक सन्तुलन गुमाएका छन् । कति नेपाली घर फर्कने क्रममा नेपालबाट पैसा मगाएर रोजगारदाता कम्पनीलार्ई तिरेर जानुपर्ने बाध्यता छ । मलार्ई लाग्छ, मलेसियाबाहेक अरू देशको पनि हालत यस्तै होला ।
भन्नुहोस् ढकालज्यु, यस्तो देशमा तपाईंहरूले भनेबमोजिम को कामदारको माग आउँदैन भनेर आन्दोलन गर्नुभएको हो ? तपाईंलार्ई भन्न चाहन्छु, खाडी प्रदेश नेपाली कामदारका लागि नर्क नै हो । कुनै नेपाली कामदारको माग नआए पनि फरक पर्दैन । अर्को कुरा, यहाँका रोजगारदाता कम्पनीले फ्री भिसा र फ्री टिकटमा कामदार ल्याउँछन् भने तपाईंहरूलाई टाउको दुःखाइ किन ? आज तपाईंहरूले सरकारको विरुद्धमा आन्दोलन गरिरहँदा सामाजिक सञ्जालका भित्ताहरू तपाईंहरूको विरुद्धमा किन भरिएका छन् ? यति धेरै आक्रोश किन पैदा भइरहेका छन् ? के तपाईंहरूले कहिल्यै मनन् गर्नुभएको छ ? तपाईंहरू श्रम मन्त्रालयले गरेको फ्री भिसा र फ्री टिकटको विरुद्ध आन्दोलन गर्दै यो निर्णय फिर्ता गराउन नेताहरूको घर दैलो चाहार्दै हुनुहुन्छ र नेताहरूलार्ई दबाब दिँदै हुनुहुन्छ– यो निर्णय फिर्ताबाट पछि हट्नुको कुनै विकल्प देखिँदैन ।
म तपाईंहरूलार्ई आग्रह गर्न चाहन्छ,ु सरकारले गरेको यो निर्णय हामीजस्ता नेपालीको पक्षमा छ र यो स्वागतयोग्य छ । यदि तपाईंहरू सरकारको यो निर्णयका विरुद्ध आन्दोलन गरेर फिर्ता गराउन चाहनुहुन्छ भने तपाईंहरूबाट पीडित बनेर घर फर्किएका नेपालीबाट तपाईंहरूको विरुद्धमा आन्दोलनको सिर्जना गर्न नपरोस् भन्ने कामना गर्न चाहन्छु । तपाईंहरूलार्ई बेलैमा चेतना हुनसमेत आग्रह गर्दछु ।
सञ्जीव दाहाल

प्रतिक्रिया