गत वैशाख १२ मा अपर तामाकोसी जलविद्युत् आयोजनाले दुईदिने स्वास्थ्य शिविरको आयोजना गरेको थियो । बिहानै खाजा आएर गाेंगरमा रहेको साइड कार्यालयमा रहेकोे आवासगृहबाट आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेलगायतका सहकर्मीका शिविरस्थल जगतमा रहेको गौरीशंकर माविमा व्यवस्थापन गर्न गएका थियौँ । काठमाडौं मोडेल अस्पतालका डाक्टरसहित २० जनाको टोलीले बिहान ९ बजे शिविरमा स्वास्थ्य परीक्षण सुरु गरेको थियो ।
स्वास्थ्यकर्मीसहितको टोलीले काम थालेसँगै खाना खान बिहान ११ बजे गोंगर फर्केका थियौँ । गाेंगरकोे साइड कार्यालयमा रहेकोे आवासगृहमा रहेको मेस (चमेनागृह) मा खाना खान लाग्दा घडीमा १२ बजेको थियो । हात धोएर मात्रै टेबुलमा खाना खान लागेको मात्रै के थिएँ, बाहिर अरू समयको भन्दा फरक दृश्य सुनिन् थाल्यो । चरा, कुकुरहरूले सधैँभन्दा फरक आवाज निकाल्न थाले । पहाड सुसाएको आवाज आएको केही समय नबित्तै आफू बसेको टेबुल नराम्रोसँग हल्लाउन थाल्यो । घरहरू पिङ खेलेझैँ हल्लिँदै भ्mयालबाट फुत्त बाहिर निस्केलान् जस्ता भइरहेका थिए ।
भूकम्पले माथि पहाडमा हेर्दा ओल्लो र पल्लो पहाड जोडिएला झैँ देखिन थाल्यो । कतै त्यही पहाड नै झरेर आफूलार्ई थिच्ने हो कि जस्तो लाग्यो । मनमनै आज त बाँचिन्छ जस्तो लाग्न छोडिसकेकोे थियो । भित्रबाट हातार–हतार ‘भुइँचालो–भुइँचालो’ भन्दै हतार–हतार बाहिर निस्किएँ । बल्ल–बल्ल बाहिर निस्केसँगै बाँचिन्छ कि जस्तो लाग्यो । हेर्दा पहाडका केही ठाउँमा पहिरो जान थालेको देखियो । हातार–हतार घरमा फोन गरेँ । धेरै समयमा फोन लाग्यो । परिवारमा कोहीलार्ई केही भएको रहेनछ । हातार–हतार रडियो सेटमा सम्पर्क गर्दा आयोजनामा कार्यरत साथी र मजदुर कोसै पनि केही नभएको भन्ने खबर पाइयो । भूकम्पसँगै आएका धक्काले झन्–झन् त्रासपूर्ण बनाइरहेको थियो ।
भूकम्पले के गरेन र ? मेरो मात्र होइन, सम्पूर्ण तामाकोसी आयोजनाको एक अनन्य मित्र ड्याम साइटमा रहेको लामाबगरमा गाविसका पूर्वअध्यक्ष आङ्गा दाइ (पेम्बा नुर्बु शेर्पा) लार्ई भूकम्पबाट आएको पहिरोमा परी गुमाउनुप¥यो । लामाबगरको पूरै बस्ती खन्डहर भएको र कोहीको मृत्यु भएको खबर सुनेसँगै झन् मर्माहत तुल्याएको थियो ।
मात्र करिब आधा घन्टाको फरकले म दोलखा जिल्ला, गोंगरमा थप २२ दिन बस्नुपर्ने अवस्था आयो, जुन मेरो बाध्यता र जिम्मेवारी दुवै थियो र बसेँ । म पहिलो भूकम्प गएको दिन १२ गते दिउँसो सवा बाह्र बजेतिर ३/४ दिनको लागि काठमाडौं आउँदै थिएँ । तर, ११ः५६ बजे गएको भूकम्पले सबै कार्यक्रम परिवर्तन भयो र थप तीन हप्ता सोही स्थानमा लगातार बसी तीन÷तीनवटा ठूला भूकम्प र अनगिन्ती पराकम्पनको अनुभव प्राप्त गरेँ । यसपालिको गोंगर बसाइँ वास्तवमै आतंकित, ऐतिहासिक, अविस्मरणीयका साथै गौरवमय पनि भयो । १३ गतेको भूकम्पपछि लगत्तै ज्वालामुखी फुटे जसरी धुलोको मुस्लो सम्मुख आउँदै गर्दा जीवनको अन्तिम क्षण नै हो जस्तो ठानेँ र त्यो अन्तिम क्षणलार्ई मैले सहज रूपमै लिएको थिएँ । तर, भाग्यवशः ठूलो पहिरोको धुलोको मुस्लो मात्र भएको कारणले मृत्युवरण गर्नुपर्ने अवस्था आएन । तामाकोसीका सबै कर्मचारीलार्ई उद्धार गरी स्थानीय गाउँलेलार्ई त्रिपाल (जाबो त्रिपाल!) उपलब्ध गराई जेठ २ गते काठमाडौंको लागि उडियो । गोंगर बसाइँका बारेमा चाँडै कुनै दिन भूकम्प अनुभूति पढ्ने मौका सबैले पाउनुहुनेछ ।
मेरो मात्र होइन सम्पूर्ण तामाकोसी आयोजनाका एक अनन्य मित्र लामाबगर गाविसका पूर्वअध्यक्ष आङ्गा दाइ (पेम्बा नुर्बु शेर्पा) लार्ई वैशाख १२ गते नै पहिरोमा गुमाउनुप¥यो । उनले गरेको योगदान तामाकोसीले कहिल्यै भुल्ने छैन । आजीवन उहाँलार्ई बिर्सन सक्दिनँ । आज उनकै आफन्त छ्योदर काठमाडौं कार्यालयमा आएका थिए । छ्योदरले आङ्गा दाइको सम्झनामा सामाजिक काम गर्न एक अक्षय कोष खडा गर्ने सुनाए । म यस कुराबाट धेरै खुसी भएको छु । आङ्गा दाइकै मन, सहयोग र सहृदयी भावनाबाट तामाकोसी यो अवस्थासम्म आउन सफल भएको हो । जतिसुकै कठीन परिस्थिति र समस्यामा आङ्गा दाइ पहाड बनेर आयोजनाको पक्षमा उभिनुभएको ती क्षणहरूको सम्झनाले पिरोलिरहेको थियो ।
मैले चार सयवटा पाल गोंगर गाउँ, लामाबगर गाविसमा नझारी घरपरिवारको जतिसुकै दबाब आए पनि त्यहाँबाट हेलिकप्टरबाट उड्दिनँ भनेर वचन गरेको थिएँ । चाहे दुई दिन बढी गोंगरमा बस्नु परोस् कि एक हप्ता बढी बस्नु परोस् भनेर सम्झाउने गरेको थिएँ, ती पीडित गाउँलेहरूलार्ई ।
बिहान खाना खाएर साइड कार्यालयको चउरमै पीडितहरूसँगै भलाकुसारी गरी आयोजनाको रेखदेख गरेर बसिररहेको थिएँ । मध्याह्न १२ः५५ मा शक्तिशाली भूकम्प गएको १७ दिन नबित्दै फेरि दोलखा केन्द्रबिन्दु बनाएर अर्को शक्तिशाली भूकम्प आयो । वैशाख २९ गते मंगलबार गएको ठूलो भूकम्पसँगै दोलखालार्ई केन्द्र बनाएर ४४ वटा भूकम्पका धक्का गएका थिए ।
मेरो घर परिवारबाट घर चाँडै फर्किनु भनी साहै्र ठूलो दबाब आएको छ । तर, म अझै दोलखा जिल्लाको गोंगर गाउँ जहाँ तामाकोसीको मुख्य कार्यालय छ, त्यहीँ छु । म सकुशल छु । साथीभाइ र आफन्तले चिन्ता नलिनु होला । मलगायत अझै २० जना तामाकोसीका कर्मचारी मसँगै छन् । मेरो सबैलार्ई उद्धार गरी काठमाडौं आउने लक्ष्य रहेको छ । म आज देश र गाउँको कारुणिक दुःखद् अवस्थामा पनि जिन्दगीमा एक हिसाबले धेरै खुसी छु । यस मानेमा कि आज मलगायत गोंगरमा रहेका कर्मचारीहरूको पहल र समन्वयमा पहिलो भूकम्प गएको १९ औँ दिनमा राज्यको तर्पmबाट चार सय थान त्रिपाल आएकोमा तीन सय ७५ थान त्रिपाल गाउँले पीडित परिवारलार्ई वितरण गर्न सकियो । गाउँलेलार्ई तत्काल खानाभन्दा पनि छाना महत्वपूर्ण भएको थियो । अझै एक सय थान त्रिपाल चाहिएको र त्यो पनि वितरण गर्ने योजना थियो । मेरो एक फोनको भरमा नेपाली सेनाका मेरा मित्र मेजर रोशन पन्तले चार सय थान त्रिपाल सदरमुकाम चरिकोटबाट पठाइदिए । पीडित गाउँलेको धेरै आक्रोश र रीस थियो । सबैलार्ई शान्त बनाई वितरण गर्न असम्भव भए पनि सबैलार्ई सम्झाएर वितरण गरेको थिएँ । यस्तो खुसीको क्षण जिन्दगीमा कमै आउँछ । थप राहत पठाउने प्रबन्धका लागि सम्बन्धित निकायमा पहल गरेको थिएँ ।
फेरि अर्को अशुभ खबरले मनलाई रुवाएको थियो । ०७२ जेठ १९ गते दुर्घटनाग्रस्त भएको माउन्टेन एयरको विमान (९ एन–एजेपी) तामाकोसी आयोजनामा ०७० फागुन २४ गते अर्थमन्त्री डा. रामशरण महतसहित १६ जनाको विश्व बैंकको अवलोकन टोलीमा आएको एक हेलिकप्टर थियो ।
गोंगरबाट चरिकोट हुँदै काठमाडौं जान सम्भव थिएन । मौसम र हेलिकप्टरले साथ दियो । काठमाडौं आएर जे भए पनि सकुशल आएकोमा खुसी नै थिएँ ।
फेरि काठमाडौंमा आउनासाथ घर फिदिम (पाँचथर) तिर लागँे । पुख्र्यौली घर भने माइमझुवा (इलाम) रहेको थियो ।
यसपालिको भूकम्पले ०४५ सालको भूकम्पको प्रत्यक्ष आतंकित अनुभव गरेको मेरो घर फिदिम (पाँचथर), पुख्र्यौली घर माइमझुवा (इलाम), ससुराली घर रानीटार (पाँचथर) र मावली घर (झापा) मा गई सबै परिवार, आफन्त, छिमेकी, साथीभाइसँग भेटघाट गर्ने मौका जुरायो । ब्रिटिस गोर्खाजबाट राहत र उद्धारमा आएको मेरो एक मात्र सहोदर भाइसँग पनि धेरै वर्षपछि भेट गरायो । एक प्रकारले भन्नुपर्दा पुनर्मिलन जस्तो भयो भूकम्पपछि । विनाशकारी भूकम्पबाट भएको दुःखद् अवस्थामा पनि एक प्रकारको सन्तोष लागेको अनुभव भयो ।
मेरो पुख्र्यौली गाउँ माइमझुवामा २०६८ सालको सिक्किमे भूकम्प र यसपालिको भूकम्पबाट भवनको एक छेऊमा पनि केही नभएको ब्रिटिस गोर्खाजले बनाइदिएको श्याम्बल माविको भवन वास्तवमै भूकम्प प्रतिरोधात्मक भवन रहेछ । यो नयाँ भवन ०६५–६६ सालमा बनेको हो । यो भवनमा गारोको बीच र कुनामा बनाइएको पट्टीले भवनलार्ई भुकम्पबाट जोगाएको तथ्य प्रमाणित गरेको छ । यो विद्यालय मेरा बाजे बराजुहरूले २००८ सालमा स्थापना गरेका हुन्, जहाँ मेरा बुबाले पनि पढ्नु भएको थियो ।
मेरो बाजे (हाल स्वर्गीय) लार्ई मैले एकदिन यो ‘श्याम्बल’ शब्दको माने के हो भनेर सोधेको थिएँ । किनकि यो शब्द मैले एसएलसी पास गर्दासम्म कहिल्यै पनि पढेको थिइनँ र नेपाली शब्दकोषमा पनि भेटेको थिइनँ । मेरा बाजेलार्ई यस बारेमा राम्रोसँग थाहा भएन । तर, अन्य गाउँले बौद्धिकहरूका अनुसार विद्यालय स्थापना गर्न दार्जिलिङबाट ल्याइएका एकजना शिक्षकले यस विद्यालयको नाम जुराएका रे ! शिक्षा विस्तारको प्रतीकको रूपमा अंग्रेजी शब्द क्थmदय िबाट ‘श्याम्बल’ राखिएको रे ! जेहोस् ०८ सालदेखि यस विद्यालयको नाम श्याम्बल रहेको छ । तर, मैले यस विद्यालयमा कहिल्यै पढ्ने अवसर पाइनँ, यद्यपि क्याम्पस पढ्दा बिदाको समयमा धेरैपटक पढाउने मौका चाहिँ प्राप्त गरेँ ।
(वैशाख १२ गतेको महाभूकम्प र त्यसपछि १३ र २९ गतेका ठूलो पराकम्पनपश्चात् अपर तामाकोसी सञ्चालक समितिको बैठकबाट जिल्ला दैवी प्रकोप राहत कोष, दोलखालार्ई १० लाख र प्रधानमन्त्री राहत कोषलार्ई ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णयको साथै आयोजना प्रभावित क्षेत्रमा वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गतको रकममा पाँच करोड रुपैयाँ थप गर्ने निर्णय गरेको थियो । उक्त पाँच करोड रुपैयाँ मुख्यतया आयोजना प्रभावित क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, बिजुली जस्ता आधारभूत सेवाका संरचनाहरूको पुनर्निर्माणको काममा लगानी गरिने जनाइएको छ ।)
प्रस्तुति : सञ्जीव दाहाल
प्रतिक्रिया