पाँच वर्षदेखि धारामा पानी आएन

Pani-ko-Dharoकैलाली, २८ असार । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका –१३ मलभंगामा विगत ५ वर्षदेखि धारमा पानी नआउँदा स्थानीय बासिन्दा नल्काको दूषित पानी पिउन बाध्य भएका छन् । ०६७ सालको वर्षामा आएको बाढीले खानेपानीको पाइप बगाएपछि धारामा पानी आउन छोडेकोे हो ।

खानेपानीका धारामा विगत पाँच वर्षदेखि पानी आउन छाडेपछि स्थानीय टुबेल (नल्काको) दूषित आर्सेनिकयुक्त पानीपिउन बाध्य भएको स्थानीयले बताएका छन् ।
०६० सालमा नेवा प्रोडक्सन प्रालिको ५० लाख सहयोग र सामाजिक रूपान्तरण केन्द्रको प्राविधिक सहयोगमा सो खानेपानी योजना निर्माण भएको थियो । खानेपानी योजना सञ्चालनमा आएपछि लम्कीचुहा नगरपालिका– १३ का ५ सय परिवारले शुद्ध खानेपानी पिउन पाएका थिए ।
गाउँबाट करिब १० किलोमिटर टाढा चुरेमा रहेकोे मुहानबाट पाइपद्वारा गाउँमा पानी पु¥याइएको थियो । खानेपानी आयोजना बनेपछि गाउँका ५ सय परिवारले पिउनेपानी पाएको भए पनि अहिले खानेपानीबाट फेरि स्थानीय वञ्चित भएको स्थानीय इन्द्रबहादुर मल्लले बताए । खानेपानी निर्माणपछि शुद्धपानी पाएको भन्दै खुसी भएका स्थानीय बासिन्दा अहिले धारामा पानी आउन छोडेको वर्षौं बितिसक्दा पनि धारा पुनर्निर्माणमा कसैले ध्यान नदिएको भन्दै निराश भएको उनले बताए । बाढीले पाइप बगाएको ५ वर्ष भइसक्दा पनि पुनर्निर्माण गर्नेतर्फ कसैले ध्यान नदिँदा स्थानीय खानेपानीबाट वञ्चित भएको मल्लले बताए ।
गाउँमा बनेका २४ वटा धारबाट मिलेर गाउँलेले पानी खाने गरेको भए पनि अहिले खानेपानी बन्द हुँदा समस्यामा परेको स्थानीयको गुनासो छ । कुनै क्षेत्रबाट पनि खानेपानी नहँुदा स्थानीयले भोग्नुपरेको समस्यामा ध्यान नदिँदा आपूहरू खानेपानीबाट वञ्चित भएको उनीहरूको गुनासो छ । बाढीले खानेपानीको पाइप बगाएपछि अहिले पुरानै टुबेलको आर्सेनिकयुक्त दूषित पानी पिउन आपूहरू बाध्य भएको स्थानीयले गुनासो गरे ।

प्रतिक्रिया