प्रेम र यौन मानिसका अति महत्वपूर्ण अनुभूतिहरू हुन् । यी बिना जीवन अपूर्ण हुन्छ । ‘प्रेम’, यी दुई शब्दले केबल दुई व्यक्तिको मात्र नभएर यस ब्रह्माण्डमा रहेका भौतिक, आध्यात्मिक, सजीव, निर्जीव सम्पूर्ण वस्तुहरूप्रति राख्ने सद्भावलाई प्रतिनिधित्व गरिरहेको छ ।
मानवको मात्र नभई सम्पूर्ण प्राणीहरूको एक अति आवश्यक भएसकेको छ, यौन । यौनबाट नै यो सारा सृष्टिको रचना भएको छ । यसका विषयमा घर, परिवार, समाज सम्पूर्ण ठाउँमा खुलेर चर्चा गर्नुपर्ने तर यसलाई नकारात्मक रुपबाट हेर्ने गरिन्छ ।
यसका बारेमा कुरा समेत गर्न मान्दैनौँ, जसका कारण आज हाम्रो समाजमा विभिन्न समस्याहरू आइरहेका छन् । यौन अत्याधिक रुचीको तर कम छलफल गरिने विषयका रुपमा रहेको छ । प्रेम र यौन एकअर्काका परिपुरक हुन् । प्रेम छ र त यौन छ । जसले सारा विश्वलाई बचाइरहेको छ । प्रेम र यौन बिना संसार चल्न सक्दैनथियो । र , प्रेमको अति महत्व हुँदाहुँदै पनि आखिर हामी किन यौनका विषयमा खुलेर कुरा गर्न सक्दैनौँ ? हाम्रो समाजमा यौनका विषयमा किन खुलेर कुरा गर्ने अनुमति छैन ?
प्रेम भनेको के हो ? र , यौन भनेको के हो ? भन्ने प्रश्नमा वानेश्वर क्याम्पस बि. ए. तेस्रो वर्षमा अध्यनरत ताराबहादुर प्रधान भन्छन्, ‘प्रेम भनेको दुई बिपरित लिङ्ग बिचको विश्वास मात्र नभएर अन्य प्राणीहरूसँग हुने सद्भाव हो ।’
यौनका विषयमा उनी भन्छन्, ‘गाँस, बास, कपास पछिको चौथो आवश्कता हो यौन । यसलाई समाजमा खुलेर कुरा गर्न पाउनुपर्छ नत्र बिकृति फैलन्छ ।’
तपाईले कसैसँग प्रेम गर्नुभएको छ ? भन्ने प्रश्नमा उनी हाँस्दै भन्छन्, ‘प्रेम त म जनावरसँग पनि गर्छु, प्रेमी प्रेमिकाको रुपबाट भएको छैन अब हुनेवाला छ ।’
प्रेमकै विषयमा बानेश्वर क्याम्पस पढ्ने टीकाराम दुलाल भन्छन्, ‘मायाप्रेम भनेको भावनात्मक कुरा हो । बाबुछोरा, आमाबुवा साथीसाथी, प्रेमीप्रेमिका वीच हुने प्रेम फरक हुन्छ ।’ आजसम्म कसैसँग प्रेम नबसेको उनी वताउँछन् ।
‘यौन भनेको प्रकृतिको नियम हो । योविना संसार चल्न सक्दैन् । कसैले इच्छा गरेर गर्छन् कसैले करकापमा परेर ।’, उनी भन्छन् । आफ्नो घरपरिवारमा यौनका विषयमा खुलेर कुरा गर्नुपर्छ भन्ने उनको धारण छ ।
परिवारमा खुलेर यौनका विषयमा चर्चा हुनसके यूवा अवस्थाका समस्याहरू समाधान गर्न सकिने उनको धारणा छ । यौन जहाँबाट प्राणीको जन्म हुन्छ हामी त्यसैका बारेमा खुलेर बोल्न चाहँदैनौं । अब हामीले समाजमा खुलेर यौनका बारेमा बहस थाल्नु पर्नेछ । त्यसैले यसका बारेमा छलफल गर्न सकेनौँ भने समाजको प्रगति हुन सक्दैन् । तसर्थ यौनका बारेमा खुलेर कुरा गरौँ ।
०००
प्रतिक्रिया