अझै पनि धामीझाँक्रीकै भर

taraharaकाभ्रे, २२ असार । काभ्रेको ग्रामीण तथा दुर्गम बस्तीका मानिस अझै पनि धामीझाँक्रीकै भर पर्ने गर्छन् । बिरामी परेमा देवता लागेर बिरामी भएको भनेर धामीकहाँ लैजाने चलन हटेको छैन ।

यहाँका विभिन्न गाविसमा स्वास्थ्यचौकी भए पनि परिवारका सदस्य बिरामी हुँदा धामी नै पहिलो प्राथमिकतामा पर्ने गरेको महाँकालचौर गाविस–६ की कान्छीमाया तामाङले बताइन् । ‘धामीझाँक्रीकहाँ लाने झारफुक गर्ने र कुखुराको भाले काट्ने गछनर् तर बिरामी अत्यन्तै सिकिस्त भएपछि भने स्वास्थ्यचौकी लैजाने गरिन्छ,’ उनले भनिन् ।
महाँकालचौर गाविसका स्थानीय दैनिक जसो धामीझाँक्रीकहाँ बिरामीको उपचार गराउन लैजाने गर्दछन् । धामीझाँक्रीले जडिबुटीबाटै उपचार गर्ने हँदा रोग निको हुने गरेकाले पनि स्थानीय स्वास्थ्यचौकी जान नचाहेका बताइन्छ ।
कान्छीमायाजस्तै अर्का फलामेटार गाविस–९ का गणेश लामालाई पेट दुखेर थला परे । झाँक्रीको सल्लाहअनुसार परिवारले दुईटा भाले काटे, धेरै दिन बित्यो, रोग निको नभएपछि उपस्वास्थ्य चौकी फलामेटारमा लगेपछि सन्चो भयो । बिरामी हुँदा धामीझाँक्री लगाउन पुरानो परम्परा कायमै छ, स्थानीय धार्नेज्याती माविका शिक्षक अमिर लामा बताउँछन् ।
‘गाउँको स्वास्थ्यचौकीमा चासो नदिने हुँदा कुखुरो काट्ने काम मात्र भएको बताउँदै जति सम्झाए पनि मान्दैन,’ उनले भने । बूढापाकाको पुरानो पराम्परा कायमै रहेकाले बिरामी निको हुनेभन्दा कुखुरा खाने बाहाना मात्र भएको छ । ‘बूढापाकाहरू भनेकै मान्दैनन् गाउँका केटाकेटीहरूले स्वास्थ्यसम्बन्धी कुराहरू जानकारी गराउन खोज्यो भने जान्ने हुनु प-या छैन भन्छन्’ सेतीदेवी प्राविकी शिक्षिका जुनीमाया तामाङले भनिन्, ‘मान्छे बिरामी भएर थलिएको छ । गाउँका मान्छे भने भाले काट्ने भन्दै तम्सन्छन् । कोही तत्काल एउटा कुखुराले ठीक भएन भनेर अर्का कुखुरा पनि काट्ने गर्छन् । गाउँमा धेरै मान्छेहरू बिरामी हुँदा भाले काट्नुपर्छ भन्नेहरू छन्, हामीहरूको कुरा त सुनुवाइ नै हँदैन ।’
यसलाई न्यूनीकरण गर्न हामीले गाउँगाउँमा गएर चेतनामूलक कार्यक्रम चलाउँदा पनि नमानेको स्वास्थ्य स्वयंसेविका कल्पना तामाङ बताउँछिन् ।

प्रतिक्रिया