शिशुको शव फेला

धनुषा । जनकपुरमा नवजात शिशुको बेवारिसे शव फेला पर्ने क्रम बढेको छ । शुक्रबार साँझ जनकपुरको जानकी मन्दिरको नजिकै रहेको पोखरी ‘अंगराजसर’ मा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो ।

पोलिथिनमा राखिएको शिशुको शव पानीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक शिशुको लिंग पुरुष रहेको बताइएको छ । शिशुलाई जन्मनासाथ फालेको हुन सक्ने प्रहरीले बताएको छ ।
शिशु फाल्नेको खोजी कार्य जारी रहेको र शिशुको शवलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गत साता पनि जनकपुरको पिडारीचोकस्थित गोरधोई पोखरीमा फालिएको अवस्थामा पुरुष जातको नवजात शिशुको शव फेला परेको थियो । युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै यसरी नवजात शिशु बेवारिसे अवस्थामा फला पर्ने क्रम पनि बढेको स्थानीय बताउँछन् । (सौस)

प्रतिक्रिया