काठमाडौ, १९ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उम्मेदवार विमल ढकाल अध्यक्षमा निर्वाचित भएका छन् ।
ढकालले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उम्मेदवार सरोजकुमार पोखरेललाई २४ मतले पछि पार्दै निर्वाचित भएका हुन् । ढकालले दुई सय ३७ मत प्राप्त गरेका थिए भने पोखरेलले दुई सय १३ मत पाएका थिए । यस्तै, ढकालको अर्का प्रतिद्वन्द्वी किरणकिशोर घिमिरेले एक सय ९० मत ल्याएका थिए ।
त्यसैगरी प्रथम उपाध्यक्षमा कुमुद खनालले दुई सय २९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वीद्वय गोविन्द थपलिया २ सय १० र शमशेरबहादुर गुरुङले १ सय ९५ मत ल्याएका थिए । यस्तै, द्वितीय उपाध्यक्षमा बहादुर पाण्डे क्षेत्री २ सय १८ मत ल्याएर विजयी भए । उनको प्रतिद्वन्द्वीद्वय राधिका कटुवाल २ सय १३ र भुवन सिंह गुरुङले २ सय मत ल्याएका थिए । त्यस्तै, तृतीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारीले ३ सय १ मत ल्याएर विजयी बने । उनको प्रतिद्वन्द्वीद्वय नवलकिशोर यादवले १ सय ८३ र भगीरथ राई (रमेश) १ सय ५१ मत ल्याएका हुन् । संघको महासचिवमा रोहन गुरुङले २ सय ३५ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी कमल तामाङको २ सय १० र सुजित श्रेष्ठको १ सय ९२ मत ल्याएका थिए । सचिवमा राजेन्द्र भण्डारीले २ सय ५० मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी द्वय विनाजंग केसी २ सय १७ र नरेश ढकालले १ सय ६५ मत ल्याएका छन् ।
कोषाध्यक्षमा प्रतिमा महर्जन २ सय ४४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी हरिप्रसाद थापा २ सय २४ र नरबहादुर पुन (नरेश) १ सय ६३ मत ल्याई पराजित भएका हुन् । त्यस्तै, कार्यसमिति सदस्यहरूमा क्रमशः रमिला ताम्राकारले २ सय ६२, शुक्र पाख्रिनले २ सय ५७, सचिन सेरचनले २ सय २६, सरस्वती गुरुङले २ सय २९, तेजमाया लिम्बुले २ सय २६, पुष्पराज चौलागाईं २ सय २४, चेतुबाबा पोखरेलले २ सय २८, दीपक सिँजाली २ सय ६४, सोमबहादुर तामाङ २ सय २४ र प्रकाश आचार्य २ सय २४ मत ल्याई विजयी भएका छन् ।
निर्वाचनमा प्रगतिशीलका तर्फबाट द्वित्तीय, तृतीय उपाध्यक्ष, महासचिव, सचिव र सदस्यहरू चार जनासहित आठ जना विजयी भएका छन् । यस्तै, फोरमका तर्फबाट अध्यक्ष, प्रथम उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरू ६ जनासहित नौ जना विजयी भएका छन् । उक्त निर्वाचनमा विशुद्व व्यवसायी समूह भनेको किरणकिशोर घिमिरे समूह भने नील भएको छ ।
निर्वाचित अध्यक्ष ढकालले आपूले व्यक्तिगत स्वार्थ त्यागेर व्यवसायी र कामदारको हितमा काम गर्ने बताए । संघमा रहेका हरेक समस्या समाधान गर्ने र उक्त काममा सबै पदाधिकारीलाई सहयोगका लागि आग्रह गरेका छन् । संघको निर्वाचनमा आएको मत परिणामअनुसार मिश्रित परिणाम आएको छ ।
प्रतिक्रिया