धुम्रपान के होला– हाम्रो सान कि अवसानको निसान ? हुन त नेपालमा सार्वजनिक स्थानहरूमा धुम्रपान निषेध गरिएको छ । १८ वर्षभन्दा कम उमेरकालाई सुर्तीजन्य पदार्थ बेच्न नपाउने व्यवस्था छ । रेडियो टेलिभिजनमा चुरोट बिँडीको विज्ञापन वर्जित छ । चुरोटको बट्टामा ७५५ (अब ९०५) हानिकारक चित्रसहितको तस्बिर राख्नुपर्ने कडा व्यवस्था पनि छ ! सरकारीस्तरका जनकपुर चुरोट कारखाना र सुर्ती विकास बोर्ड बन्द छन् ।
आयातित चुरोट अचाक्ली महँगा पारिएका छन् ! आन्तरिक उत्पादनतर्फ पनि सरकारले हरेक वर्ष अन्तःशुल्क, स्वास्थ्य सेवा कर आदि बढाउँदै चुरोटलाई महँगो र निरुत्साहित पार्दै लगेको छ । जनचेतना अभिवृद्धिका लागि ठूलो बजेट बर्सेेनी खर्च भइरहेको छ । ब्रोँकाइटिस र क्यान्सरजस्ता रोगको उपचारका लागि त्यत्तिकै बजेट गइरहेको छ । सुर्तीजन्य पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका हामी पक्ष पनि हौँ ! धुम्रपान र सुर्तीजन्य पदार्थको उपभोग हामीले घटाउँदै र हटाउँदै लानुपर्नेछ ।
प्रयास त भएको छ, प्रभाव पनि राम्रै छ तर आउन बाँकी छ परिणाम, विशेषतः गाउँघरतिर ! प्रतिस्पर्धा अझै राम्रै देखिन्छ महिला र पुरुषबीचमा !
प्रतिक्रिया