विश्वकप आयोजना गर्दा घुस दिएको होइनः पूर्व राष्ट्रपति एम्बेकी

Thabo_Mbeki_जोहानेसबर्ग, १६ जेठ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति थाबो एम्बेकीले सो देशले सन् २०१० मा विश्वकप फुटबलको आयोजना गर्दा फिफालाई घुस नदिइएको स्पष्ट गरेका छन् ।

यसअघि पनि त्यहाँका कर्मचारीले सो आरोपको खण्डन गरेका थिए । उनले शुक्रबार भने– मलाई कुनैपनि व्यक्तिले देशको तर्फबाट घुस दिएको भन्ने कुराको विश्वास छैन र दिइएको पनि छैन ।

उनले भने– त्यस्तो कुनैपनि सरकारी रकम घुस दिएको भन्ने बारेमा पनि केही जानकारी छैन र त्यसो गरिएको पनि छैन ।

सन् २०१० मा दक्षिण अफ्रिकाले विश्वकप फुटबलको आयोजना गरेको थियो । सो समयमा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा थाबो एम्बेकी थिए ।

फुटबलको आयोजना गर्नका लागि दक्षिण अफ्रिकाले फुटबलको विश्व संस्था फिफा एवम् अन्य निर्णायक समितिका सदस्यलाई घुस दिइएको आरोप लगाइएको थियो ।

विश्वकप फुटबल आयोजना गर्ने दक्षिण अफ्रिका पहिलो अफ्रिकी राष्ट्र हो ।

प्रतिक्रिया