मलेसियामा अवैध ३२ नेपाली कामदार पक्राउ

Malesiya(1)काठमाडौं, १३ जेठ । मलेसियालमा स्थानीय प्रहरीले छापा मारेर ३२ नेपाली कामदारहरूलाई पक्राउ गरेको छ ।

केडाहस्थित अध्यागमनका अधिकारीहरूले नेपालीहरू कार्यरत कुलिम हाइटेक पार्कमा अवस्थित कम्पनीमा छापा मारेर ३२ नेपाली कामदारलाई पक्राउ गरेको मलेसियाको समाचार संस्था बर्नामाले जनाएको छ ।

कम्पनीमा ग्लोब उत्पादन हुँदै आएको थियो । गैरकानुनी हैसियतमा रहेको आरोपमा ३२ नेपालीसहित ५४ जना आप्रवासी कामदारलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।

कम्पनीबाट पक्राउ पर्नेमा १५ बंगलादेशी, २ इण्डोनेसियाली, चीन र म्यानमारका एक/एक गरी ५४ जना मजदुर छन् ।

प्रतिक्रिया