नर्सिङ होममा भएको आगलागीमा ३८ को मृत्यु

The rest home appeared to have been completely destroyed by the fireबेइजिङ, १२ जेठ । मध्य चीनमा अवस्थित एक नर्सिङ होम आगलागीमा ३८ व्यक्तिको मृत्यु भएको छ ।

घटनामा परी अन्य ६ जना घाइते भएका सरकारी अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

चीनको पिङ्गदिङ्गसानमा वृद्ध व्यक्तिहरूको लागि निजी क्षेत्रबाट सञ्चालित उक्त नर्सिङ होममा सोमबार राति आगलागी सुरु भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

घटनामा घाइते भएका दुई व्यक्तिको अवस्था चिन्ताजनक भएको मध्ये हेनान प्रान्तको वर्क सेफ्टी ब्युरोले जनाएको छ । सो दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अवस्था चिन्ताजनक रहेको छ ।

सरकारद्वारा सञ्चालित एक टेलिभिजनका अनुसार वृद्ध व्यक्तिको स्याहारसुसारका क्षेत्रमा सञ्चालनमा रहेको सो नर्सिङ होममा करिब १३० व्यक्ति बसोबास गर्दै आएका थिए ।

दुर्घटनाको उद्धारकार्य जारी रहेको र दुर्घटनाको कारण भने प्रष्ट नभएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।

चीनमा औद्योगिक क्षेत्रमा आगलागीको घटना नियमितजस्तो भएको छ । गत फेबु्रअरीमा पनि चीनको दक्षिणी प्रान्त ग्वाङ्डोङ्गमा रहेको एक सपिङ् मल आगलागीमा परी १७ व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१३ मा कुखुरा फारममा भएको आगलागीमा परी ११९ व्यक्तिको मृत्यु भएको थियो । यसप्रकार बारम्बार हुने आगलागीको कारण औद्योगिक सुरक्षा व्यवस्थाको कमी भएको बताइएको छ ।

प्रतिक्रिया