एसएलसी प्रिन्सेजमा छानिए ७० सुन्दरी

Slc-Princess-audition-(4)काठमाडौं । एसएलसी प्रिन्सेज पाँचौँ संस्करणका लागि ७० प्रतियोगी छनोट भएका छन् । राजधानीको दरबारमार्गस्थित सिडब्लु पार्टी प्यालेसमा आयोजित पहिलो चरणको छनोटमा सहभागी एक सय २० प्रतियोगी मध्येबाट अर्काे चरणका लागि ७० युवती छानिएका हुन् ।
एसएलसी दिएर बसेका छात्राहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरूप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिँदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रूपमा अगाडि ल्याउने उद्देश्यले सिजन मिडियाले विगत पा“च वर्षदेखि यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । प्रतियोगीताको यो संस्करणमा काठमाडौं उपत्यकाबाट ५० र उपत्यका बाहिरका १० स्कुलका छात्राहरूले सहभागिता जनाएका थिए । पहिलो चरणको छनोटको निणार्यक मण्डलमा रंगपत्रकार डब्बु क्षेत्री, कोरियोग्राफर रोजिन शाक्य, काठमाडौ भ्याली कलेजका प्रिन्सिपललगायत रहेका थिए ।
पहिलो चरणको छनोटमा परेका प्रतियोगीलाई वैशाख ६ गते आइतबारबाट दुई महिना लामो अवधिको प्रशिक्षणमा सहभागिता गराइने आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए । उनका अनुसार प्रशिक्षणको क्रममा पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी पनि प्रशिक्षण दिइनेछ । साथै उच्च शिक्षाका लागि कलेजले लिने इन्ट्रान्स परीक्षाको लागि तयारी कक्षाहरू पनि सञ्चालन गरिनेछ । उनीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले विभिन्न प्रशिक्षण दिनेछन् ।
प्रतियोगिताको अन्तिम स्पर्धा असारको पहिलो साता हुनेछ भने प्रतियोगिताका विजेताले ‘एसएलसी प्रिन्सेज २०१५’को ताजसहित टिभिएस उइगो स्कुटर र उच्च शिक्षा अध्यायनका लागि दुई लाख बराबरको छात्रवृत्ति साथै अन्य गिफ्टह्याम्पर पाउनेछन् । त्यस्तै फस्ट रनर अप र सेकेन्ड रनर अपले भने पनि उइगो स्कुटर र क्रमशः उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रवृत्ति साथै ल्यापटप मोबाइल आदि उपहार प्राप्त गर्नेछन् । प्रतियोगितामा शीर्ष तीन वाहेक विभिन्न १८ विधा उपशीर्षकमा विजेता छनोट गरिनेछ ।

प्रतिक्रिया