तत्काल अस्थायी शिक्षक नहटाऔं

{dfg /fhgLlts ca:yfsf af/]df cfh l/kf]6{;{ snan] cfofhgf u/]sf] ;fIffTsf/ sfo{qmddf l;rfO{dGqL afns[i0f vf0f . kmf]6f] s[i0f/fh uf}td /f;;काठमाडौं, ३० चैत । अस्थायी शिक्षकका रुपमा वर्षौं सेवा गरेकाहरुलाई सेवाबाट नहटाउन कांग्रेस र नेपाल शिक्षक सङ्घका नेताले माग गरेका छन् ।

नेपाल शिक्षक सङ्घ काठमाडौं–२ र ३ ले आइतबार जोरपाटीमा संयुक्तरुपमा आयोजना गरेको एक कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले अस्थायी शिक्षकका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

‘शिक्षामन्त्रीको क्रियाकलापप्रति असन्तुष्ट छौँ, १३ हजार अस्थायी शिक्षकलाई हटाउने उद्देश्यले नै शिक्षक सेवा आयोगले नयाँ शिक्षकका लागि विज्ञापन गरेको हो भने प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँछौँ’, उनले भने, ‘वर्षौं काम गरेका शिक्षकलाई प्रक्रिया पुराएरस्थायी गरिनुपर्छ ।’

सभासद् एवम् केन्द्रीय सदस्य अम्बिका बस्नेतले अस्थायी शिक्षकलाई अपमानजनक ढङ्गले हटाइनु नहुने बताइन् ।

कांग्रेस काठमाडौं जिल्ला सचिव गीता सिम्खडा, २ नं क्षेत्रीय सभापति उपेन्द्र कार्की र ३ नं क्षेत्रीय सचिव श्रीकृष्ण ज्योतिलगायतले अस्थायी शिक्षकलाई हटाइएमा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सोही कार्यक्रममा शैक्षिक विकासमा योगदान पुराएका पूर्वअध्यक्षहरु वसन्तकुमार मानन्धर, सागरनाथ प्याकुरेल, कृष्णप्रसाद पौडेल, ईश्वप्रसाद सापकोटा, लक्ष्मीकिशोर सुवेदी र राजेन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया