झोले विद्यालयका नाममा ठगी गर्नेविरुद्ध आरोपपत्र

cartoon-jhole-schollकाठमाडौं, २५ चैत । सर्लाहीमा सुकेश्वर महादेव सामुदायिक प्राथमिक विद्यालयका नाममा सरकारी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजनामाथि आरोपपत्र दायर गरेको छ ।

सञ्चालनमा नै नभएको विद्यालय खडा गरी सरकारी अनुदानको रकम हिनामिना गरेको अभियोगमा आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा खाता सञ्चालक रामदयाल महतो र प्रधानाध्यापक आनन्दी महतोमाथि चार लाख ८२ हजार ७०० बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

सोमबार आयोगले रौतहटस्थित नेपाल विद्युत प्राधिकरण प्रसारण शाखा चन्द्रनिगाहपुरमा कार्यरत सुपरभाइजर उमेशकुमार यादवले मिटर जडान गर्ने नाममा सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको अभियोगमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया