काठमाडौं, २४ चैत । पदीय कर्तव्य इमान्दारीपूर्वक नगरेको आरोप लागेका काठमाडौं जिल्ला अदालतका अतिरिक्त न्यायाधीश खिलनाथ रेग्मीलाई सर्वोच्च अदालतमा हाजिर हुन आदेश दिइएको छ ।
न्याय परिषद्को बैठकले अतिरिक्त न्यायाधीश रेग्मीलाई कारबाहीको टुङ्गो नलागेसम्म पदीय हैसितयले गर्दै आएको काममा रोक लगाइएको परिषद्का निमित्त सचिव कृष्ण गिरीले जानकारी दिए ।
उनका अनुसार परिषद्ले सो विषयमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।
समितिको प्रतिवेदनअनुसार कारबाहीको टुङ्गो नलागेसम्म अदालतमा हाजिरी गराइने भएको हो ।
न्यायाधीश रेग्मीले विभिन्न मुद्दामा गरेको फैसलामाथि परिषद्मा तीन उजुरी परेका थिए ।
सरकारी वकिलबाट न्यायाधीश बनेका रेग्मी २०६३ मा रोल्पा, २०६५ मा सिरहा, २०६८ मा ललितपुर र २०७० देखि काठमाडौं जिल्ला अदालतमा कार्यरत थिए ।
प्रतिक्रिया