‘संगीता मगरको परिवारलाई पनि कारबाही गर’

Jeevan-BK-Ko-Famlyकाठमाडौं, २२ चैत । एसिड घटनाका दोषी जीवन बिकको घर परिवारले उनको अपराधअनुसार कारवाही पाउँनुपर्ने भन्दै आफूमाथि भएको जातीय विभेदमा न्याय दिलाउन माग गरेका छन् ।

उनीहरूले एसिड छ्याप्नु अपराध भएको भन्दै जातीय विभेद गरेर अपराध गराउन बाध्यपार्ने संगीता पुलामी मगर र उनको परिवारलाई पनि कारबाही गरिनुपर्ने माग गरेका हुन् । उनीहरूले जातीय विभेदका विषयमा भएको पूरानो घटनालाई पनि आधार बनाइ अगाडि बढ्नुपर्ने बिक परिवारको माग छ ।

जीवनको घर परिवारले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जातीय विभेद गर्ने संगीताको परिवारलाई पनि कारबाहीको माग गरे ।

जीवनकी आमा नुनुमाया बिकले संगीताको परिवारबाट आफूहरूपनि अन्यायमा परेको बताइन् । ‘मेरो छोराले गरेको अपराधको सजय पाउँनुपर्छ’, नुनुमायाले भनिन्, ‘त्योसँगै हामीमाथि संगीता पुलामी मगरको परिवारले गरेको जातीय विभेदको पनि सुनुवाई हुनपर्छ ।’

उनले यस्ता घटनाहरूफेरि नहुन् भन्नका लागि त्यसको कारण खोजिनुपर्ने बताइन् ।

जीवनकी बहिनी सीता बिकले एसिड घटना जुनसुकै मानेमा भएपनि अमानवीय, क्रुर र निन्दनीय अपराधिककार्य भएको बताउँदै दलितका नाममा जथाभावी गर्न नपाइने बताइन् । उनले भनिन्, ‘घटनाको हामी घोर निन्दा, भन्सर्ना गर्दछौँ र दोषीलाई सजाय हुनपर्छ । तर हामी पूर्वाग्राही हुन चाहँदैनौँ । यसो भन्दैमा घटना हुनको मूल कारणको खोजी हुनुपर्छ ।’

Nunumaya-Bk‘दोषीलाई दोषअनुसार सजाय हुनुका साथै घटना हुनुको कारण र त्यसले सिर्जना गरेको समाजिक विश्रृङ्खतासँगै मानवीय विभेदको गहिरो खाडलको पनि यथार्थपरक, निष्पक्ष ढंगले अध्ययन, अनुसन्धान तथा छानविन होस्’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

जीवनकी दिदी मञ्जु बिकले ‘संगीता पुलामी मगर र आफ्नो घरपरिवरबीच २०७० कात्तिकमा भएको जातीय छुवाछुतको घटनाको तोडमोड नगरी निष्पक्ष न्यायिक छानबिन गरेर वास्तविक दोषीलाई कारवाही गरेको भए यस्तो घटना नहुने बताइन् । उनले भनिन्, ‘संगीता पुलामी मगरको परिवारले हामीमाथि गरेको जातीय विदेका न्याय प्रहरीले राम्रोसँग दिएको भए यस्तो घटाना हुने नै थिएन ।’
उनले आफ्नो भाईलाई संगीताको घर परिवारले अपराध गर्न बाध्य पारेको आरोप लगाइन् ।

भाई सुजन बिकले संगीताको घर परिवारले आफूहरूमाथि गरेको जातीय विभेदको मुद्दालाई प्रहरीले सत्यतथ्यका आधारमा छानविन नगरेको आरोप लगाए ।

प्रतिक्रिया