गोरखा, १५ चैत । नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्ध पक्राउ परेका छन् ।
श्रीमती मेला गएको मौका छोपेर ७१ वर्षे इन्द्रबहादुर गुरुङले शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत शनिबार दिउँसो बलात्कार गरेको पारिवारिक स्रोतले जनाएको छ । बाख्रा चराउन जङ्गल गएकी नातिनीलाई गुरुङले बलात्कार गरेका हुन् ।
अघिल्लो हप्ता घटना भए पनि गाउँमै मिलाउने प्रयास हुँदा घटना बाहिर आएको थिएन । गाउँमा कुरा नमिलेपछि शुक्रबार प्रहरीकहाँ उजुरी आएको थियो । प्रहरीले इन्द्रबहादुरलाई शनिबार पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक अर्जुन चन्द ठकुरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा इन्द्रबहादुरलाई पक्राउ गरी जिप्रका ल्याइएको हो ।
इन्द्रबहादुरलाई आइतबार जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।
प्रतिक्रिया