जनकपुरधाम, १० चैत । एमाओवादीका नेता बाबुराम भट्टराईले निकट भविष्यमै नयाँ संविधान निर्माणको महत्वपूर्ण कार्यभार पूरा हुने बताएका छन् ।
पहिलो संविधानसभाबाट संविधान दिन नसक्नुमा आफ्नोमात्र गल्ती नभएर समस्यामाथि समस्या थप्दै जाने प्रकृत्ति मुख्य कारण रहेको उनले बताए ।
‘नियति’ व्यङ्ग्य सङ्ग्रहको आज जनकपुरधाममा लोकार्पण गर्दै भट्टराईले तराईमा दुई र पहाडमा सातदेखि आठ वटा राज्य बन्ने बताए । उनले सबै जातजाति र भाषाभाषीलाई स्वायत्त राज्य दिएर सङ्घीय राज्य निर्माण गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, “समयमा संविधान नआउनुको एउटै कारण हो मुठीभरि सत्ताधारी जातका व्यतिmहरु, जसले सधैँ सत्तामा आफूलाई देख्न चाहन्छन् ।”
प्रतिक्रिया