एघारौँ सस्कंरणको विश्वकप क्रिकेटमा ‘केही फरक’

index1सिड्नी, ८ चैत । न्यूजिल्यान्ड र अष्ट्रेलियामा जारी एक दिवसीय विश्वकप क्रिकेटको ११औं संस्करणमा केही रोमाञ्चक खेल भए । अब हुने सेमिफाइनल खेलमा पनि रोमाञ्चक हुने देखिएको छ ।

विश्वकपमा धेरै रेकर्डहरू बनेको देख्दा यस्तो लाग्छ की, सबैजना उपाधिका लागि होइन, रेकर्डका लागि खेलेका छन् ।

मंगलबारदेखि हुने सेमिफाइनलमा साबिक विजेता भारत एक्लो एसियन राष्ट्र हो । अन्य टोली न्युजिल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिका सबै एसियन राष्ट्र होइनन् ।

गत संस्करणमा सेमिफाइनलमा यसको ठीक बिपरित एउटा मात्र नन्एसियन राष्ट्र न्युजिल्यान्ड थियो । जसलाई सेमिफाइनलमा श्रीलङ्काले पराजित गरेको थियो ।

मंगलबार हुने पहिलो सेमीफाइनल खेलमा न्यूजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दा बिहीवार अष्ट्रेलिया र भारत भिड्ने छन् ।

अन्तिम क्वाटरफाइनल खेलमा वेष्ट इन्डिजलाई १ सय ४३ रनले पराजित गर्दै न्यूजिल्याण्ड सेमीफाइनलमा पुगेको हो ।

सेमीफाइनलमा न्यूजिल्यान्डको मुख्य हतियारको रुपमा ब्रान्डन म्याकलम, ट्रेन्ट बोउल्ट, मार्टिन गुप्तिल र टिम साउथिलाई लिइएको छ ।

मार्टिन गुप्तिलले हालसम्म ४९८ रन जोड्दै मोस्ट रनको सूचीमा कुमार साङ्गकार (५४१ रन) पछि दाश्रो स्थानमा छन् ।

दक्षिण अफ्रिकाले क्वाटरफाइनलमा श्रीलङ्कालाई हराएको थियो । दक्षिण अफ्रिकाका सबै खेलाडी उत्कैष्ट फर्ममा रहेका छन् ।

उता साविक विजेता भारतले क्वाटरफाइनलमा बंगलादेशलाई हराएको थियो । अष्ट्रेलियाले पाकिस्तानलाई निरास पार्दै गत सस्कंरणको बदलासमेत लिएको थियो ।

भारतको बलिङ र व्याटिङ दुवै पक्ष मजबुत देखिएको छ । अष्ट्रेलियाका मिचेल स्टार्क सेमीफाइनलमा भारतका लागि निकै घातक सावित हुने देखिइएका छन् । उनले जारी विश्वकपमा १८ विकेट लिइसकेका छन् ।

जारी विश्वकप क्रिकेटमा पनि आयोजक टोलीको निकै प्रभाव देखिएको छ । दुई आयोजक राष्ट्र न्यूजिल्यान्ड र अष्ट्रेलियाले शानदार प्रदर्शन गरिरहेका छन् ।

हालसम्मका सबै ७ खेलमा अपराजित न्यूजिल्यान्डले बलियो दावेदारी दिदा साविक विजेता भारतपनि अहिलेसम्मका सबै ७ खेलमा विजयी भएको छ । भारतले जारी विश्वकपमा खेलेको ७ खेलमा सबै अलआउट गर्दै ७० विकेट लिएको छ ।

अर्को आयोजक राष्ट्र अष्ट्रेलियाले समूह चरणमा एक खेलमा हार र एक खेलमा नतिजा बिहीनबाट अकं बाडेको थियो ।

यसैगरी पहिलो पटक सेमीफाइनलमा पुगेको दक्षिण अफ्रिकाले समूह चरणका खेलमा मिश्रित प्रदर्शन गरेपनि त्यसपछि भने शानदार लय समातेको छ ।

प्रतिक्रिया