राधेश पन्तको घरमा झण्डा गाड्ने पूर्वमन्त्री पक्राउ

Radhesh Pantकाठमाडौं, ७ चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको निवासमा झण्डा गाडेका छन् ।

काठमाडौंको बाँसबाबरीस्थित निवासमा नेकपा माओवादीका नेता तथा कार्यकर्ताले शुक्रबार कालो झण्डा गाडेका हुन् ।

पन्तको निवासमा कालो झण्डा गाडेर फर्कने क्रममा नेकपा माओवादीका नेता तथा कार्यकतालाई प्रहरीले पक्राउसमेत गरेको छ ।

पन्तको निवासमा चेतावनी कार्यक्रमस्वरुप कालोझण्डा गाडेर फर्कने क्रममा प्रहरीले आफ्ना १७ जना नेता, कार्यकर्तालाई पक्राउ गरेको नेकपा माओवादीका कार्यालय सचिव गुणराज लोहनीले जानकारी दिए ।

लोहनीका अनुसार पक्राउपर्नेमा पोलिटब्यूरो सदस्य असारे काका, पूर्वमन्त्री पदम राईसहितका नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई हनुमानढोकामा राखिएको छ ।

बोर्डका कार्यकारी अधिकृत पन्तले माथिल्लो कर्णालीलगायत विभिन्न जलविद्युत् आयोजनामा सभ्झौता गरेको विरोधमा कालो झण्डा गाडिएको नेकपा माओवादीले जनाएको छ ।

प्रतिक्रिया