जुम्ला, २ चैत । जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको बस सोमबार बिहान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् ।
ना४ ख ४९७० नम्बरको बस कालिकोटको रारालिही–१ गाडगुडेनीमा २०० मिटर तल तिला नदीमा खसेको जिल्ला प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक इन्द्रबहादुर साउदका अनुसार दुर्घटनामा परी १३ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । बस चालक सागर बुढा र सह–चालक हर्क बुढाको मात्र सनाखत हुन सकेको बताइएको छ ।
घाइतेहरुको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । बसमा २९ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनास्थल जुम्ला सदरमुकामदेखि २४ किलोमिटर टाढा छ ।
प्रतिक्रिया