झापा, ३० फागुन । झापाको बिर्तामोडमा ट्रकका सहचालकको घाँटी काटेर हत्या भएको छ ।
बिर्तामोड नगरपालिका– ६ मा सुगम पेट्रोलपम्प अगाडि पार्किङ गरी राखिएको ना३ख ५६१५ नम्बरको ट्रकका सहचालकको शुक्रबार राति हत्या भएको हो ।
फतेपुर उदयपुर घर भएका अन्दाजी २२ वर्षीय विक्रम बिष्टको ब्लेडले घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।
काँकडभिट्टामा सामान पुराएर फर्किएको ट्रक खाना खानलाई सोही स्थानमा रोकिएको थियो ।
गाडीका गुरुजीले खाना खानलाई बोलाउन होटल साहुलाई पठाएका थिए ।
बोलाउँदा नआएपछि गुरुजी राति सुत्नलाई ट्रकभित्र पस्दा रगताम्य अवस्थामा विक्रमको शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले धरानबाट अनुसन्धानका लागि कुकुर मगाएर प्रक्रिया अघि बढाएको छ ।
परीक्षणका लागि शव भद्रपुरस्थित मेची अञ्चल अस्पलाल पठाइएको छ ।
प्रतिक्रिया