हात्तीपाइलेको औषधिले गर्भवतीको ज्यान खतरामा

Mahila pregnancy-issueबाजुरा, ३० फागुन । बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविसमा बसोबास गर्दै आएका भोटे जनजाति परिवारकी एक गर्भवती महिलालाई हात्तीपाइले फाइलेरियाको औषधि खुवाउँदा ज्यान खतरामा परेको आफन्त पेम्वा गुरुङले बताएका छन् ।

मार्तडी, पाण्डुसैनलगायत गाविसमा बसोबास गर्दै आएका जनजाति परिवार जहिले पनि एक न एक चपेटामा पर्ने गरेका छन् ।

नेपाल सरकारको रणनीतिअनुसार सबै जिल्लामा फागुन २३ देखि २५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको हो ।

पाण्डुसैन गाविस–५ भीमपानीमा बसोबास गर्दै आएकी जनजाति समुदायकी मनकला गुरुङलाई पाण्डुसैन गाविसको स्वास्थ्यचौकीका कार्यालय सहयोगी पृथ्वी सिंहले फागुन २४ गते घरका सबै परिवारलाई भनेर औषधि दिएपनि कुनै सल्लाह नदिएपछि उनले खाएको आफन्त पेम्वा गुरुङले बताए ।

उनले औैषधि दिनेबेलामा मदिरा सेवन गरी औषधि वितरण गरेको आरोप लगाए ।

सोही औषधि फागुन २५ गते बिहान खाएपछि विरामी भएको स्वास्थ्यचौकी इन्चार्ज नृप थापाले बताए ।

मनकला गुरुङ बिरामी भएलगत्तै उपचारका लागि स्वास्थ्यचौकीमा लाँदा जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा रिफर गरेको इन्चार्ज थापाले बताए ।

इन्चार्जले गर्भवती गुरुङलाई हात्तीपाइले औषधि नखुवाएको, गर्भवती महिलालाई औषधि नदिएको र उनको अवस्था सामान्य रहेको दाबी गरे ।

उक्त गर्भवतीको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयमा ल्याएपछि दिसा पिसाब रोकिएपछि जिल्ला स्वास्थ्य कार्यालयमा कार्यालय सहयोगी सिंहलाई कारबाहीका लागि निवेदन गरेको श्रीमान् पेम्वा गुरुङले बताए ।

 

प्रतिक्रिया