खुलेआम विषादी बेच्नेलाई सचेत मात्र गराइयो

Dhading District

धादिङ, २९ फागुन । जिल्ला सदरमुकाम धादिङबेंसीस्थित खाद्यान्न पसलमा खुलेआम विषादी बिक्री भइरहेको फेला परेको छ ।

जिल्ला विषादी व्यवस्थापन समन्वय समितिले शुक्रबार अनुगमनका क्रममा घातक विषादी खाद्यान्न पसलमा फेला पारेको हो । जिल्ला कृषि विकास कार्यालय प्रमुखको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मासहितको टोलीले विषादीका साथै र खाद्यान्न पसलमा अनुगमन गर्दा सल्फरमेथ्रिन, यम्ल्पोरथ्रिन (बेगन), जिङ्क फस्फाइट, ब्रोमाड्रियोलियन (मुसानाशक)लगायतका विषादी फेला परेको जिल्ला विषादी निरीक्षक माधव भट्टले जानकारी द्रिए ।

पसलमा झिंगा, लामखुट्टे, साङ्ला, मुसा मार्न प्रयोग गरिने विषादी खानेकुरासँगै बिक्री गरिरहेको फेला परेपछि केही बरामद गरिएको छ । पसलेले ग्राहकले विषादी खोजेको भएर राखेको, अरुले पनि राखेको भएर राखेको वा राख्न पाइन्छ भनेर राखेको भन्दै खुलेआम घातक मानिएको रातो लेबल भएका विषादी खाद्यान्न पसलमा भेटिएको थियो । केही विषादी बरामद गरिए पनि घातक विषादी भेटेका पसलमा सचेत गराएर छाडिएको भट्टले बताए ।

तालिम लिएर मात्र विषादी बिक्री गर्नुपर्ने, इजाजत लिएर मात्र विषादी कारोबार गर्नुपर्ने तथा मापदण्ड पूरा गरेर विषादी पसल सञ्चालन गर्नुपर्नेमा सबै किसिमको मापदण्डविपरीत विषादी बिक्री भइरहेको भेटिएको हो । जिल्लामा १३० को स्रंखमा विषादी पसल रहेको जानकारी पाइएको, दर्ता गर्नेको सं्रख एकदमै थोरै रहेको र सङ्ख्या भन्न नसकिएको भट्टले बताए ।

पीडा गाविसमा केही दिनअघि विषादी मिसाएको गहुँ बीउ पिसेर रोटी बनाई खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया