इलाम, २९ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जनमतलाई रद्दीको टोकरीमा फालेर कुनै पनि दलसँग सहमति हुन नसक्ने बताएका छन् ।
इलाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री रिजालले जनताले दिएको दुईतिहाई बहुमतलाई आधार मानेर संविधान जारी हुने बताए । उनले १२ बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौतासम्म आइपुग्दा सहमतिका साथ अघि बढिरहेकाले अहिले पनि सहमतिबाटै निकास खोज्न लागिरहेको उल्लेख गरे ।
उनले विपक्षी दलसँग आज (शुक्रबार) वार्ता हुने र त्यो वार्ताबाट वर्तमान गतिरोध अन्त्य हुने विश्वास उहाँले व्यक्त गरे । एमाओवादी र मधेसवादी दलका कारण माघ ८ मा संविधान बन्न नसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया