इटहरी, २९ । सुनसरीस्थित चारकोसे जंगल वन रक्षक र चोरी शिकारीबीच गोली हानाहान भएको छ ।
इटहरी र धरान उपमहानगरपालिकाबीचको जङ्गल क्षेत्रमा चरी शिकारीसँग गोलीहानाहान भएको हो ।
जङ्गली जनावर बँदेल हरिणलगायत जीवजन्तुको चोरी शिकार गरिरहेको अवस्थामा फेला परेका शिकारीको समूहमध्येका दुई जनालाई भने बिहीबार पक्राउ गरिएको छ ।
चारकोसे जङ्गल क्षेत्रमा भरुवा बन्दुकसहित जङ्गली जनावरको शिकार भइरहेको भन्ने सुराकीका आधारमा सेक्टर वन कार्यालय धरान तीनकुनेका वन रक्षकको टोली सो स्थानमा पुग्दा दोहोरो गोली हानाहान भएपछि हतियारधारी शिकारी समूह भने भाग्न सफल भएका थिए ।
गोली हान्दै हातमा बन्दुक भएका भागेको र केहीलाई भने आफूहरु पक्राउ गर्न सफल भएको सेक्टर वन कार्यालयले जनाएको छ ।
पक्राउ परेका नरबहादुर श्रेष्ठ र जिराधन राईलाई कारबाहीका लागि सेक्टर वन कार्यालय तरहरामा राखिएको सहायक वन अधिकृत पिताम्वर दासले जानकारी दिए ।
प्रतिक्रिया