आफ्नै खेतमा घाँस काट्दैगर्दा बलत्कार

balatkarपर्सा, २८ फागुन । पर्साको सुवर्णपुरमा एक महिलाको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

पर्साको सुवर्णपुर गाविस–१ की ३० वर्षीया महिलाको बुधबार सोही गाविस–६ का ४८ वर्षीय रामप्रसाद न्यौपानेले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नै खेतमा घाँस काट्न गएका बेला न्यौपानेले एक्लै भएको मौका छोपी ती महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

बलात्कार गरेको उजुरी महिलाका आफ्न्तले प्रहरीलाई दिएपछि न्यौपानेलाई नियन्त्रणमा लिएको प्रवक्ता ओलीले बताए ।

लात्कारमा परेकी महिला र अभियुक्त न्यौपाने दुवैकोे वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र सोको रिर्पोट आउन बाँकी रहेको प्रवक्ता ओलीले बताए ।

बलात्कारको अभियोगमा पक्राउ परेका न्यौपानेले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया