विपक्षीसँग यसरी प्रस्तुत हुने भए कांग्रेस–एमाले

NC and UML Meeting

काठमाडौं, २८ फागुन । सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताबीचको छलफलले विपक्षी ३० दलीय मोर्चासँग संविधान निर्माणका विषयमा चाँडै निर्णायक र परिणाममुखी वार्ता गर्ने निष्कर्ष निकालेको छ ।

विपक्षीसँग डेढ महिना लामो संवादहीनताको अवस्था तोडिए पनि वार्ताले गति लिन नसकेको बेला कांग्रेस–एमालेले यसका लागि साझा अवधारणा बनाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई दलका नेताहरूको छलफलमा संविधानका विवादित विषयमा अघि सारेको ९ बुँदे प्रस्ताव र माघ ५ गते विपक्षीसहित भएको छलफलको बिन्दुबाट सहमतिको प्रयास गर्ने समझदारी भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले दुई पार्टीबीचको सहयात्रालाई सबल र सुदृढ बनाए मात्र संविधान बन्न सक्ने भएकाले आफूहरुको प्रस्तावमा अन्य दललाई सहमतिमा ल्याउने प्रयास गर्नुपर्नेमा दुई दलको समान मत रहेको बताए ।

का्रंग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संवादलाई सघन बनाई नयाँ साझा अवधारणा बनाउन शान्ति प्रक्रियाका सहभागी दललाई समेट्न आजै वा भोलिसम्म मोर्चासँग संयुक्त वार्ता गरिने जानकारी दिए ।

प्रतिक्रिया