चार राजनीतिक शक्तिको बैठक बस्दै

Top Three Party Meeting with PM and CA Chair at Baluwatarकाठमाडौं, २८ फागुन । संविधान निर्माणका क्रममा देखिएका विवादित विषय र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुख चार राजनीतिक शक्तिको बैठक बस्दैछ ।

काठमाडौंमा आज बस्ने बैठकमा संविधान निर्माणका क्रममा देखिएका विवादित विषयहरूमा छलफल हुनेछ ।

बैठकमा विपक्षी मोर्चाले उठाएको ‘सहमतिमा संविधान निर्माण’ भन्ने विषयमै केन्द्रित हुने नेताहरूले बताएका छन् ।

सत्तारुढ कांग्रेस र एमालेले सहमति उल्लंघन गरेको भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलन सुरू गरेपछि दलहरूको सम्बन्ध चिसिएको छ ।

विपक्षी मोर्चाले फागुन ३० गते भित्र सहमति नभए चैत १ देखि दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाइ सकेको छ ।

बैठकमा कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया