बाराकी बलात्कृत बालिकालाई क्षतिपूर्ति माग

Bara Balikaकलैया, २७ फागुन । बेटी बचाउ सङ्घर्ष समिति बाराले बलात्कृत बालिकाको उपचारका क्रममा मृत्यु भएकी बालिकाको परिवारलाई उचित क्षतिपूर्तिको माग पूरा नभएसम्म मृतकको अन्तिम संस्कार नगरिने स्थानीयले चेतावनी दिएका छन् ।

कलैया–८ बस्ने बद्रीनारायण साहकी ७ वर्षीया छोरी पूजा साहलाई यही फागुन ८ गते बेलुकी ७ बजे कलैया–४ बस्ने विन्दा साह कानुको २८ वर्षीय छोरा कन्हाइ गुप्ताले ललाइफकाई कलैया–६ स्थित मोतिवागनिर जबर्जस्तीकरणी गरी अचेत अवस्थामा छाडिएकी बालिका भोलिपल्ट फेला परेकी थिइन् ।

उनको उपचारका क्रममा कान्ति बाल अस्पतालमा क्रममा मृत्यु भएको थियो । शव मङ्गलबार कलैया ल्याइएको छ ।

समितिले मृतक बालिकाको शवलाई मङ्गलबार कलैया नगर परिक्रमा गरी उचित क्षतिपूर्तिका लागि जिल्ला प्रशासनअगाडि शव राखी धर्ना दिइएको थियो ।

माग पूरा नभएकाले समितिले आज बिहानदेखि शवलाई भरतचोकमा राखी सडक अवरोध गरी आन्दोलन गरिएको समितिका अध्यक्ष एवम् पूर्वसभासद् प्रमोद गुप्ताले बताए । आज पनि कलैयाबजार बन्द गरिएको छ ।

प्रतिक्रिया