काठमाडौं २२ बैशाख । नेकपा एमालेले आगामी जेठ २४ देखि ३० गतेसम्म पार्टीको नवौा महाधिवेशन काठमाडौामा गर्ने निर्णय गरेको ठिक २ महिनापछि पुन: महाधिवेशन मिति सारेको छ । गत फागुन २१ गते एमाले मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन जेठ २४ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । एमाले स्थायी कमिटीको बैठकले पहिलो पटक महाधिवेशन २०७० साल वैशाख ९ देखि १३ सम्म गर्ने निर्णय गरेको थियो । उक्त मितिमा तयारी नपुग्ने भन्दै सचिवालयले पार्टी महाधिवेशन पूर्वमहासचिव मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर ३ बाट ८ जेठसम्म गर्न प्रस्ताव गरेको थियो । उक्त मितिमा पनि विवाद भएपछि पुन: मिति सरेको थियो ।
एमाले केन्द्रीय कमिटीको सोमबारको बैठकले आगामी असार १९ देखि २५ सम्म महाधिवेशन गर्ने निर्णय गरेसागै एमालेको नवौा महाधिवेशन चौथौ पटक सरेको छ । एमाले अध्यक्ष झलनाथ खनालले तयारीको लागि समय नपुगेको भन्दै केही दिन अघि बसेको स्थायी समितिमा महाधिवेशन एक महिना सार्न प्रस्ताव राखेका थिए । खनालको उक्त प्रस्तावलाई स्वीकार गर्दै केन्द्रीय कमिटी बैठकले महाधिवेशन एक महिना पर सारेको हो ।
२०६५ सालमा बुटबलमा सम्पन्न आठौं महाधिबेशनबाट निर्वाचित वर्तमान केन्द्रीय नेतृत्वको पदावधी गत १३ फागुनबाट समाप्त भएको छ । निर्धारित मितिमै महाधिवेन गर्नु पर्ने भए पनि संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आ–आफ्नै तर्कका कारण महाधिवेशन मिति यसअघि पनि अनिर्णित बन्दै आएको थियो ।
यसैबीच अध्यक्ष खनाल २० सदस्यीय एमाले टोलीको नेतृत्व गरेर चीन भ्रमणमा भोली जाँदै छन् ।
प्रतिक्रिया