२८ वर्षपछि नयाँ विमान

Plane copyकाठमाडौं, १४ बैशाख । चीन सरकारले अनुदानमा दिएको नयाँ विमान आइतबार काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमले २८ वर्षपछि ५८ सिटको नयाँ विमान भित्रयाएको हो । आन्तरिक उडानका लागि ल्याइएको विमानलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।
वायु सेवा निगमका जहाजहरु धेरैजसो दुर्घटनामा परेका छन् । भएको एउटा जहाजमासमेत गतचैतमा समस्या देखिएपछि निगम जहाजविहीन नै भएको थियो । अवतरणपछि विमानलाई पूजाआजासहित भव्य स्वागत गरियो । चीन सरकारले नेपालको आन्तरिक उडानका लागि पाँच विमान निगमलाई उपलब्ध गराउन सहमति जनाइसकेको छ ।
विमानको स्वागत गर्न पर्यटन सचिव सुशील घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनलगायत विमानस्थल पुगेका थिए । निगमले यस अघि सन् १९८६ मा आन्तरिक उडानका लागि एविएक्स विमान र सन् १९८७ मा अन्तर्राष्ट्रिय उडानका लागी बोइङ ७६७ विमान नेपाल भित्रयाएको थियो ।
विमानको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइनेछ । विमान औपचारिक रुपमा नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम सोमबार रहेको निगमले जनाएको छ । नयाँ विमानले आगामी १० मेबाट ब्यवसायिक उडान भर्ने बताइएको छ । नयाँ विमान थपिएपछि आन्तरिक उडानमा निगमको प्रभाव बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया