‘व्युटिसियन्’ पूर्वलडाकु

kaliधनगढी, ४ बैशाख । माओवादी पूर्वलडाक शान्ति प्रक्रिया पश्चात् विभिन्न आय आर्जनका काममा सक्रिय बन्न थालेका छन् । कोही कृषि पेशामा आकर्षित भएका छन्, कोही विदेश पलायन भएका छन् भने कोही स–साना ब्यापार–ब्यवसाय गरेर जीवन निर्वाह गर्न थालेका छन् । जसको पछिल्लो उदाहरण बनेकी छिन् शान्ति टोलकी धर्मदेवी सुनुवार ।
मसुरिया ९ शान्ति टोलकी सुनुवारले माओवादी लडाकुबाट स्वऐच्छिक अवकाश लिएलगत्तै बजारमै उनले कस्मेटिक पसल खोलेकी छिन् । उनी लडाकु नै रहँदा आफ्नै पार्टीका प्रकाश सुनुवारसँग विवाह गरेकी थिइन् । हाल उनीहरूका दुई सन्तान पनि छन् । उनीहरूले लडाकु छाड्दा पाएको दश लाख रुपियाँले ब्यापार सुरु गरेका थिए । त्यो रकम उनीहरूले कस्मेटिक्स पसल खोल्नमा खर्च गरे । जसले उनीहरूको घर चलिरहेको छ ।
उनीहरूले घर परिवार त्यागेर विगतमा पार्टीमा लागेको अनुभव सुनाए । विगतमा ‘घर परिवार र समाज त्यागियो । अहिले त्यही समाजमा घुलमिल हुन अप्ठेरो भइरहेको छ,’ उनले अगाडि भनिन्, ‘अहिले पनि हाम्रो पसललाई नकारात्मक रूपले माओवादीको पसल भन्छन्’ उनका अनुसार विगतको भूमिगत जीवनभन्दा अहिलेको सामाजिक जीवन थप कष्टर र दु:खद् सावित भएको छ ।
यस्ता दर्जनौं पूर्वलडाकु समाजका विभिन्न तह र तप्कामा आफ्नो पारिवारिक जीवन बिताउनमा ब्यस्त छन् । बौनिया ५ बन्कटाकी सहिद परिवारका इन्द्र कुँवरले छोराको लागि आफू बाँचिरहेकी सुनाइन् ।
राज्यले राहत स्वरूप १० लाख रुपियाँ दिने भनिए पनि हालसम्म ३ लाख रुपियाँ मात्र आफूले पाएको दाबी उनले गरिन् । त्यो रकम घर खर्चमै सकिएकाले अब बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ताले पनि उनलाई पिरोलेको छ ।

प्रतिक्रिया