काठमाडौं, ३ बैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौं महाधिवशेनले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने दावी गरेका छन् ।
अखिल नेपाल किसान महासंघले बुधवार आयोजना गरेको ‘कृषिको वर्तमान अवस्था र कृषि व्यवसायीकरणको कार्यदिशा’ विषयक अन्तक्र्रियामा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका गौतमाले भने, ‘एमालेमा अब नेतृत्व हस्तान्तरण हुनुपर्छ, एउटै व्यक्तिले कति नेतृत्व गर्ने, यसपटक सर्वसम्मत नेतृत्व निर्माण गर्नुपर्छ र त्यो सम्भावना पनि बलियो देखिएकाले नयाँ व्यक्तिमा नेतृत्व हस्तान्तरण हुन्छ ।’ उपप्रधानमन्त्री गौतमले महाधिवेशनपछि हुने नेतृत्व हस्तान्तरणले पार्टीलाई थप एकतावद्ध बनाएर लैजाने विश्वाससमेत व्यक्त गरे ।
कार्यक्रममा गृहमन्त्री गौतमले एक वर्षभित्रै संविधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै पछिल्लो समय संविधान निर्माणका क्रममा देखिएका केही विवाद चाँडै समाधान हुन दाबी पनि उनले गरे ।
प्रतिक्रिया